काठमाडौँ- प्रतिनिधि सभा सदस्य अमशेरकुमार सिंहले संसद् सरकारको कठपुतली बन्ने गरेको बताएका छन् ।
प्रतिनिधि सभाको सभामुख चयन प्रयोजनसहित जारी बैठकमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन् । ‘बडो दु:खका साथ भन्छु— संसद् सरकारको कठपतुली बन्न पुगेको छ,’ उनले भने ।
उनले त्यसपछि भनेका छन्— हाम्रो संसद्मा त कुनै मन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन आवश्यक नै ठान्दैन । किनकी उसले सांसदलाई मान्छे नै गन्दैन ।
सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको हुनुपर्ने दृष्टान्त सुनाउँदै उनले संसद्मा लोकतान्त्रिक प्रवृत्ति देखाउनुपर्ने बताए ।
Facebook Comments Box