काठमाडौँ – प्रतिनिधिसभाको सभामुख चयनको लागि मतदान प्रक्रिया सुरु भएको छ।
सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट काँग्रेसकी ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्।
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। यता न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।
Facebook Comments Box