काठमाडौं -चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्दै छन्।
आज बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई होटल हायातमा भेट्ने कार्यक्रम छ।
मन्त्री वाङले हिजो प्रधानमन्त्री शेरबारहदुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नु भयो । भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको परराष्ट्र मन्त्रलायले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वाङले चिनियाँ प्रधानमन्त्री ली खस्याङको सन्देश प्रधानमन्त्री देउवालाई सुनाएका थिए।
Facebook Comments Box