धनगढी: कैलालीको धनगढीस्थित क्याम्पस रोडमा हिजो राति साढे १० बजे एक सामान्य दुर्घटना भयो। गाडीले पार्किङ गरिराखेका २ ओटा मोटरसाइकल ठोकेको थियो।
सरकारी नम्बर प्लेटको उक्त गाडी सुदूरपश्चिम प्रदेश अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रहेको खुलेको छ।
मदिरामा लट्ठ परेका चालक डम्बर थापाले ब्याक गर्नेबेला एक फार्मेसी बाहिर पार्किङ गरेका २ मोटरसाइकललाई ठोकेको प्रहरीले जनाएको छ।
तर, प्रहरीले भने चालकलाई छाडेर गाडी मात्रै नियन्त्रणमा लिएको छ।


Facebook Comments Box