इटहरी : इटहरी मुख्य चोकमा टिपरको ठक्करमा परी एकै परिवारको दुई जनाको मृत्यु भएको छ। टिपरको ठक्करले मंगलबार दिउँसो करिब ३:४५ मा स्कुटरमा सवार परिवारका आमाछोरीकै मृत्यु भएको हो।
मृत्युु हुनेमा ३९ वर्षीया आमा सरिता चौधरी र २० वर्षीया अंशु चौधरीको छन्। पश्चिमबाट पूर्व जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो।
ठक्करबाट आमा सरिता चौधरीको धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याउना साथ मृत्यु भएको थियो। भने, छोरी अंशुको उपचारका क्रममा बिराट मेडिकल कलेज बिराटनगरमा मृत्यु भएको हो।
घटनापछि आक्रोशित आफन्त र स्थानीयले ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढा प्रहार गर्दा इलाका प्रहरी कार्यालयका डिएसपी माधब काफ्लेसहित ९ जना घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरी बलका ७ जना घाईते भएका छन्।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले ३४ थान अश्रुग्यास प्रहार गरेको थियो। आक्रोशित भिडले टिपरमाथी ढुङ्गा मुडा गरेका थिए भने चालकमाथि समेत हातपात गरेका थिए।
टिपर चालक सर्लाहीको हरिबन बस्ने अन्दाजी २६ वर्षीय बल बहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।