काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन्। आज बिहान ९ बजे कतार एयरवेजबाट उनी अमेरिका प्रस्थान गरेका हुन्।
यही सेप्टेम्बर १४ मा हुने शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहनेछन्। प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन्।
Facebook Comments Box