दार्चुलाः दार्चुलामा लागुऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलवार शैल्यशिखर नगरपालिका–९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उनीहरूको साथमा सो मात्रामा चरेस पाइएको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box