डोटीः डोटीमा घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीवार नगद ५ हजार घुससहित उपभोक्ताहरूले नियन्त्रणमा लिएका हुन् ।
जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले उनलाई रंगेहात नियन्त्रणमा लिएका बताइएको छ । स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन् ।
इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । उनले यस विषयमा अनुसन्धान भइरहेको बताए ।
Facebook Comments Box