धनगढी: बझाङमा हत्या आरोपमा बिजुली मण्डेल पक्राउ परेका छन्। अस्ति शुक्रबार जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या गरेको आरोपमा बिजुली पक्राउ परेका हुन्।
शुक्रबार हत्या गरि फरार भएका मृतकका भाइसमेत पर्ने बिजुली मण्डेल आज (सोमबार) ३ दिनपछि पक्राउ परेका हुन्। मण्डेललाई आज बिहान घट्टे गाउँमाथिको कडेल टावर भएको जंगल नजिकैको घरबाट पक्राउ गरिएको हो।
प्रहरीको र स्थानीयको संयुक्त टोलीले बिजुलीलाई घेरा हालेर समातेको हो। ३ दिनदेखि प्रहरी टोलीले उनलाई जंगलमा खोजिरहेको थियो। उनको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरीले खोजी थालेको थियो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहले अहिले उनलाई सदरमुकाम ल्याउन लागिएको बताए। मदिरा सेवन गरेको अवस्थामा विवाद हुँदा उनले जैलुको हत्या गरेको बुझिएको छ।
र, यो पनिः
बझाङ हत्या प्रकरण : ३ दिनपछि बिजुलीलाई स्थानीयले घेरा हालेर समाते
बझाङमा जैलु हत्या प्रकरण: बिजुलीको फोन लोकेसन जंगलमा ट्रेस
बझाङ हत्या प्रकरण : जंगल पस्यो प्रहरी, बिजुली कता लुके ?
सँगै मदिरा पिएपछि बझाङमा भाइले गरे दाइको हत्या, हँसिया हान्दा चलाएका थिए छुरी
बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या