डडेल्धुरा : विगत लामो समयदेखि लोक तथा डेउडा गीतको क्षेत्रमा सक्रिय लोकप्रिय सर्जक तथा गायक धनिराम गिरी, गायिका गाैरी भट्ट र यज्ञराज गिरीको स्वरमा नयाँ डेउडा गीत `पान तिया पन्नर’ सार्वजनिक भएको छ।
खप्तड डिजिटल म्युजिक प्राइभेट लिमिटेड मार्फत सार्वजनिक भएको सो गीतमा प्रस्तुती तथा शब्द सृजना धनिराम गिरीको रहेको छ।
संगीत पनि गिरीको नै रहेको छ। गीतको म्युजिक भिडियोमा लभराज गिरी र झरना बोहराको नृत्य तथा अभिनय देख्न सकिन्छ।
गीत सार्वजनिक गर्दै धनिराम गिरीले यो गीतले सुदूरपश्चिमको कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सार्वजनिक गरेको बताए।
उनीहरुको टिमले विगत लामो समयदेखि टिकटकको माध्यमबाट सुदूरको संस्कृति सम्बन्धि भिडियो बनाइ संस्कृति जगेर्ना गर्दै आएका छन्।
हेर्नुहोस् भिडियो :
Facebook Comments Box