बझाङ: इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका बझाङका गणेश नेपालीको परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
जयपृथ्वी नगरपालिका– ११ भोजपुरका नेपालीको परिवारलाई हिजो नगरपालिका प्रमुख चेतराज बजालले २५ हजार हस्तान्तरण गरेका हुन्। जयपृथ्वी नगरपालिकाको मेयरसँग जनता कार्यक्रम अन्तर्गतको बजेटबाट बजालले मृतकको परिवारलाइ आर्थिक सहयोग गरेका छन्।
मृतक नेपालीको परिवारलाई नगर प्रमुख बजालले सरकारसँग समन्वय गरेर छिटो भन्दा छिटो शव ल्याउनको लागि आफूले पहल गर्ने बताएका छन्।
Facebook Comments Box