बैतडी: बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना भएको छ। मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा परि तीनजना गम्भिर घाइते भएका छन्। घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन् ।
मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो । घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।
Facebook Comments Box