डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका जितेन्द्रप्रसाद ओझा भोलि पालिकामा हाजिर हुने भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत रहेका ओझालाई अजयमेरु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।
मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी अजयमेरुमा कामकाज गर्न खटाइएको हो। ओझालाई मन्त्रालयले असोज १९ गते नै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित कामकाजका लागि खटाएको थियो।
तर, जिल्ला प्रशासन कार्यालयले भने उनलाई रमाना दिएको थिएन्। यसअघि गाउँपालिका शिक्षा शाखा अधिकृत लालबहादुर सेठीले निमित्तको रूपमा काम गरिरहेका थिए।
गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीहरुले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकास नहुँदा गाउँपालिकावासीलाई समस्या भएको भन्दै गाउँपालिकाको कार्यालयसंगै अध्यक्ष उमेशप्रसाद भट्ट, उपाध्यक्ष बसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा स्थानीयले आज तालाबन्दी समेत गरेका थिए।
ओझा भोलि पालिकामा हाजिर हुने भएपछि अहिले भने ताला खुलेको छ।
सम्बन्धित समाचार
डडेल्धुराको अजयमेरुमा हाकिम नहुँदा चौपट, तलबै रोक्का