डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाका पहिरो पीडितलाई समाजसेवी विनय प्रकाश मल्लले राहात उपलब्ध गराएका छन। पहिरोले विस्थापित आलिताल गाउँपालिका–१ माला गाउँ र भोका गाउँका २४ परिवारलाई उनले खाद्यान्न उपलब्ध गराएका हुन्।
डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगा घरभइ हाल जापन बस्दै आएका मल्लले एक परिवारलाई २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एक किलो नुनका दरले खाद्यान्न उपलब्ध गराएका मल्लले जानकारी दिए।
पहिरोले विस्थापित भएपछि २४ परिवार जंगलमा टेण्ट भित्र बस्दै आएका छन्। नेपालीहरुको मुख्य चाँड दसैंकाका बेला छाक टार्न खाद्यान्न उपलब्ध गराएको उनको भनाइ छ।
गत साउन महिनामा पहिरोले गाउँ पुरै छियाछिया भएपछि स्थानीयहरुलाई साउन ८ गतेदेखि जनज्योती आधारभुत विद्यालयमा राखिएको थियो।
पछि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले त्यहाँ पुगेर राष्ट्रिय वनमा उनीहलाई बस्न टेण्टको व्यवस्था गरिदिएका थिए। विस्थापित परिवारको हाल म्म पनि स्थाई बसोबासको व्यवस्था हुन सकेको छैन।