डडेल्धुरा : अमरगढी नगरपालिका–३ ले नदी तथा खोलामा जेनेरेटर प्रयोग गरी माछा मार्न प्रतिबन्ध लगाएको छ। गलबार एक सूचना प्रकाशित गर्दे वडा कार्यालयले नदी तथा खोलामा जेनेरेटर प्रयोग गरी माछा मार्न प्रतिबन्ध लगाएको हो।
‘अमरगढी नगरपालिका–३ क्षेत्र भित्रका नदी तथा खोलामा केही व्यक्तिहरुले जेनेरेटर बाट करेन्ट प्रवाह गरी माछा मारीरहेका भनी जनगुनासो आएको छ,’ वडाअध्यक्ष तीर्थबहादुर ऐरद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यसले पारिस्थितिक पद्धती र जैविक विवधतामा प्रतिकुल प्रभाव पार्ने देखिएकोले कोही कसैले नदी खोलामा करेन्ट प्रवाह गरी माछा नमार्नु होला।’
जेनेरेटर बाट करेन्ट प्रवाह गरी माछा मारेको देखेमा प्रहरी वा वडा कार्यालयमा खबर गर्न पनि वडा कार्यालयले आग्रह गरेको छ। प्रतिबन्धित कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरीने समेत वडाले चेतावनी दिएको छ।