बैतडी: बैतडीमा जिप र कार एकआपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार ३ तारल भन्ने स्थानमा जिप र कार एकआपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
खोचलेकबाट सतबाँझतर्फ आइरहेको म १ ज १४४ नम्बरको बोलेरो जिप र धनगढीबाट दार्चुलातर्फ गइरहेको बा १२ च २६१८ नम्बरको कार बुधबार साँझ ५ बजेतिर एकआपसमा ठोक्किएका हुन्।
जिप र कार एक आपसमा ठोकिएर दुवै सवारी साधनमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक खत्रीले बताए।
Facebook Comments Box