सुर्खेत: राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैद मिनाहा पाएका रुकुम पश्चिमका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनपछि एक महिलाको हत्या गरेको पाइएको छ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ९डिएसपी० नमराज भट्टराईले जानकारी दिए।
भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्विकार गरेको उनले जानकारी दिए। लोकबहादुर गत असोज ३ गते नवौ संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलबाट कैद माफि गरिएपछि कैदमुक्त भएका व्यक्ति हुन्। उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ।
हत्या आरोपी लोकबहादुरले बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरेका थिए। उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाइएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए।