कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-४ का २० वर्षीय युवराज शाहु बुधवार साँझ पक्राउ परेका हुन्।
जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा २०७८ कात्तिक ७ गते ९ महिना कैद सजायको फैसला सुनाएपछि उनी फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधबार उनलाई घरमै फेला पारी पक्राउ गरेको जनाएको छ।
Facebook Comments Box