काठमाडौँ : विवाहित महिलाहरूबिच भएको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि प्राप्त गरेकी छिन्। बुधबार राति काठमाडौँमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाइन्।
थापाले सोफी मिसेस नेपाल वर्ल्ड भएबापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछन्। उनले एक स्कुटर पनि प्राप्त गरेकी छिन्।
प्रतियोगितामा सिर्जना केसी मिसेस नेपाल इन्टरनेसनल र पिक्चर स्टुडियो मस्ट फोटोजेनिकको उपविजेता बनिन्।
Facebook Comments Box