काठमाडौं: सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ६:५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो।
भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ। उक्त कम्पन्न प्रदेशका विभिन्न जिल्लामा महसुस भएको थियो।पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्।
Facebook Comments Box