धनगढी: नेपाल प्रहरीका एक हवल्दारलाई भारतमा अभद्र व्यवहार गरिएको छ। मंगलबार कञ्चनपुर पारी नेपाल-भारत सीमाको बजार गौरिफन्टामा हवल्दारलाई अभद्र व्यवहार गरिएको हो।
सुरक्षा स्रोतका अनुसार प्रहरी चौकी डोकेबजारमा कार्यरत प्रहरी हवल्दार विवेक कोलीलाई भारतीय क्षेत्रमा त्यहाँका स्थानीयले अभद्र व्यवहार गरेका हुन्। एक गुप्ता थरका तस्करले आफूलाई नेपालमा ती हवल्दारले चेकजाँच गर्ने गरेको निहुँमा भारतीय बजारमा अभद्र व्यवहार गरेको बताइएको छ। नेपाल प्रहरीको ड्रेसमै पारी छिरेका हवल्दारलाई अभद्र व्यवहार भएको हो।
उनी आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेका थिए। उनलाई त्यहीँबेला यस्तो भएको बताइन्छ। तर पछि त्यहाँको प्रहरीले निज अभद्र व्यवहार गर्नेलाई माफी मगाएर घटना मिलाएको बुझिएको छ।
Facebook Comments Box