Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडी, दार्चुला र डडेल्धुरा क्षेत्रमा बिहानैदेखि वर्षा हुँदा महाकाली नदीमा पानीको बहाव बढेको छ । परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढीमापन केन्द्रमा मंगलवार मध्याह्न १२ बजेतिर पानी ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले बताए । निरन्तरको वर्षासँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने हुँदा नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनहरुले अनुरोध गरेका छन् ।

Read More

डोटीः डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ का अन्दाजी ३० वर्षीय नरबहादुर विष्टको भिरबाट लडेर मृत्यु भएको हो । उनको आज दिउँसो घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय हिक्मत विष्टले बताए ।

Read More

बैतडी: बैतडीको शिवनाथ गाउँपालिका-४ स्वलपला बगारका ३० वर्षीय लोकेन्द्र सिंह महता मलेसियामा मृत फेला परेका छन् । उनी सोमवार राती आफू बस्ने कोठाको बाथरुममा मृत भेटिएको खबर मिलेको स्वलपाला बस्ने आफन्त महेश सिंह महताले बताए । उनले मृत्युको कारणबारे भने जानकारी प्राप्त नभएको बताए । महता ७ वर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया गएका बताइएको छ । घरमा उनको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

Read More

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख जयलाल दानी मृत फेला परेका छन् । उनी आफ्नै क्वाटर अगाडि कुर्सीमा बसिरहेको अवस्थामा मृत भेटिएका ईलाका प्रहरी चौकी कोल्टिले जनाएको छ । बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका ४८ वर्षीय दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन् ।उनी लामो समयदेखि रक्तचापको समस्याबाट पीडित रहेका बताइएको छ ।

Read More

कञ्चनपुर: लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ । “कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भने, “कुनै पनि निकायले ध्यान दिएन,…

Read More

कञ्चनपुर: आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्‍याउन सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएको छ । महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक ९गेट० परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जियिनर शम्भु पण्डितले जानकारी दिए । मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी परीक्षण गरिएको उनले बताए । “नेपाल–भारत सीमानाकासम्म महाकाली सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर बनाएपछि गत वर्ष असारमा पानी परीक्षण समेत गरेको…

Read More

धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरी रहेका प्रहरीले बताएको छ । धनगढी–१७ धुर्जन्नामा उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमवार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More

काठमाडौँ: काठमाडौँ प्रहरीले बलात्कार आरोपमा एक चिकित्सकलाई पक्राउ गरेको छ । बाराको कोल्बीका ३६ वर्षीय चन्द्रभूषण चौधरीलाई उनकी प्रेमिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाएर धोका दिएको आरोप २६ वर्षीया प्रेमिकाको छ । आरोपी चौधरीले जाहेरवालासँग प्रेममा रहेको कुरा स्वीकार गरे पनि परिवारले विवाह गर्न नमानेका कारण आफू टाढिनु परेको बयान दिएका छन् । चौधरी २०७५ सालमा बंगलादेशबाट एमबीबीएस सकेर नेपाल फर्किएका थिए । काठमाडौँको शान्तिनगरमा डेरा कोठामा बस्ने क्रममा सोही घरमा बस्दै आएकी जाहेरवालासँग भेट भएको र पछि प्रेम सम्बन्धमा रहेको उनले बयानका क्रममा बताएका छन् ।

Read More

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलाली परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुुन्छ । प्रशासनले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतीमा लिएर मिलापत्र गराउने प्रक्रिया थालेपछि पीडितहरु धमाधम आउन थालेकाले सहायता कक्षमा भीडभाड बढेको छ । प्रहरीको उपस्थितीमा प्रशासनले मिटरब्याज पीडित र पीडक व्यक्तिलाई एकआपसमा सहमती गराउने काम गरिरहेको छ भने सहमती नजुटेका उजुरी थप कारवाहीका लागि प्रहरी र अदालत मुद्दा पठाइने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले उजुरी दिन तोकिएको अन्तिम समय १४ जेठसम्म २४५ वटा उजुरी परेको जानकारी दिए । जोशीकाअनुसार अहिले…

Read More

कैलाली: दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुनर्स्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् । जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो । तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो । यद्यपि पुनर्स्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ । मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै कमैयाको पुर्नस्थापना हुन…

Read More