Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झन्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बर्द्भन गर्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आजदेखि यहाँ सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, “पर्वतहरु भनेका संसारको झन्डै आधा जनसङ्ख्याका लागि स्वच्छ पानीको स्रोत मात्र नभएर विश्वका समग्र जैविक विविधताको घर पनि हुन् भन्ने कुरा हामी मानवले मनन् गर्नुपर्छ ।” प्रधानमन्त्री देउवाले अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठुला समस्याहरुको सामना गर्नु परिरहेको छ र यस्ता समस्याहरु प्राकृतिक प्रकोप…

Read More

कैलाली- आजदेखि धनगढीमा १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। महोत्सवको एक समारोहकाबीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ आयोजक कैलाली उद्योग वणिज्य संघमा हुन लागेको सुदूरपश्चिम महोत्सवमा झण्डै तीन सय स्टलहरु रहेका छन्। यसबर्ष भने उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राख्ने बताएको छ। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ। चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा…

Read More

कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपतिटोलमा आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव स्थलमा कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ। खोपका लागि एउटा स्थल नै तयार गरेर कोभिड विरुद्धको खोप लगाईने भएको हो। महोत्सव स्थलमै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले कोरोना खोप लगाउन छुटेका नागरिकहरुको लागि खोप केन्द्र स्थापना गरिएको बताए। उनले भने–‘पहिलो डोज लगाएर दोस्रो लगाउन छुटेका छन्, कोही दोस्रो लगाएर बुस्टर डोज लगाउन पाएका छैनन् उनिहरुको लागि खोप केन्द्र स्थापना गरिएको हो। धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ महोत्सवमा खोप केन्द्र स्थापना गरिएको हो।’ मेयर वडले खोप केन्द्र स्थापनाको लागि सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद…

Read More

कैलाली-सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष निर्मल शाह (नरबहादुर शाह)ले आज देखि कार्यभार समालेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले रिक्त रहेका सुदूरपश्चिमका अस्पतालमा व्यवस्थापन समिति गठन गरेको हो।

Read More

बझाङ-बझाङमा जवरजस्ती करणी र लुटपाट गर्ने दुईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बझाङ केदारस्यू गाउँपालिका वडा नम्बर ५ बगडी स्थित आखेथर खेतमा २०७८ चैत ४ गते बेलुकी ६ बजेर २५ मिनेटको समयमा नाम परिवर्तन (कमला) लाई चैनपुरमा जवरजस्ती तथा लुटपाट गर्न खोज्ने भारत पश्चिम बंगाल प्रान्त माल्दा जिल्ला घर भई हाल जिल्ला बझाङ बुंगल नगरपालिका अन्तर्गत रहेको कालङ्गा हाईड्रोपावरमा विजुलीको लाईन विस्तार गर्दै आएका बर्ष २९ को बिजय राजवंशी र सोही ठाउँका वर्ष २२ को सन्तान मुर्मु भन्ने सनातन मुर्मु समेत जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार दुवै जनाले जवरजस्ती करणी गरी सुनका गर गहनाहरु (नाकको नथीया , कानका…

Read More

कञ्चनपुर -प्रहरीले पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुईजनालाई आज लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का २६ वर्षीय माया लुहार र वेदकोट नगरपालिका-७ का पदम ओड रहेका छन्। गड्डाचौकीस्थित ब्यारेक नजिक पैदल हिँड्दै गरेकी मायालाई शंका लागी चेकजाँच गर्दा पेन्टीभित्र प्लाष्टिकमा लुकाई छिपाई गरी राखेका दुईवटा पोका ८.३९ ग्राम लागु औषध बरामद भएको प्रहरी नायव उपरीक्षक शाहले बताए। मायासँगै हिँड्दै गरेका पदमलाई समेत चेकजाँच गर्दा ०.१७ ग्राम लागुऔषध र नगद २५ हजार रुपैयाँ बरामद भएको उनले बताए। पक्राउ परेका दुवैजनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

माली-मालीमा भएको छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको र १८ जना घाइते भएको मालीको सेनाले बुधबार बताएको छ । मालीको साहेल राज्यमा फैलिएको पछिल्लो हिंसामा मङ्गलबार अबेरसम्म भएका झडपमा देशको उत्तरपूर्व र मध्यक्षेत्रमा भएका आक्रमणमा यो हप्ता १६ सैनिकको मृत्यु भएको र १८ जनायो र १८ जना घाइते भएको उक्त आक्रमणमा इस्लामिक स्टेट समूहको सम्लग्नता रहेको पुष्टि गरिएको छ । आक्रमणमा ३७ विद्रोही पनि मारिएका र उनीहरूबाट ठूलो पैमानामा हतियारहरू जफत् गरिएको सेनाले बताएको छ । दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीले छिमेकी बुर्किना फासो र नाइजरमा फैलिनुअघि सन् २०१२ मा देखा परेको जिहादी विद्रोहलाई…

Read More

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई आफू सम्बद्ध जिल्लामा निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। बुधबार पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले नेताहरुलाई भूगोलबाहेक गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु को कहाँ खटिने भन्नेबारे किटान गरेरै निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्। त्यस्तै गैरसरकारी संस्थाका इन्चार्ज पार्वत गुरुङ अब चुनाव अवधिभर दोलखामा खटिनुपर्नेछ भने अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेल रामेछापमा गएर खटिनु पर्नेछ । त्यसैगरी प्रदेश कमिटीका सबै सदस्यहरु आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदिस्यहरु आफ्नो वडामा गएर खटिनुपर्ने ओलीले…

Read More

डोटी– डोटीको दिपालयमा भूतपूर्व सैनिक सम्मेलन आयोजना गरिएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा आजबाट दिपायलस्थित नं. ५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ भएको हो । सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले निःस्वार्थ सेवा गरेको भन्दै प्रशंसा गरेका छन् । उनले हिताधिकारीहरूको असीमित चाहना र आकांक्षाहरूको सम्बोधन गर्दै कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्य रहेको पनि बताए । सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी ७ जिल्लामा बसोबास गर्ने करिब ६ सय ५० भूतपूर्व सैनिक तथा तिनका परिवारजन सहभागी थिए ।

Read More

धनगढी – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको साङ्गठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताएका छन् । धनगढी स्थित ५ नं वाहिनी राजपुर ब्यारेकमा आज आयोजित भूतपूर्वसैनिक सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको स्वाधीनता र नेपाली जनताको सुरक्षामा सेनाले दत्तचित्त भएर काम गर्दै आएको स्पष्ट पारे । सेनाले अघिल्लो वर्षदेखि पृतना संरचनालाई परिवर्तन गरी कमान्ड अवधारणालाई अघि बढाएको थियो । प्रधानसेनापति शर्माले भने, ‘संविधानले दिएको जिम्मेवारी बहन गर्न सङ्गठन तयार छ । सेनाले भूपूलाई माटो र समाज सुहाउँदो क्रियाकलाप गर्न कल्याणकारी कोषमार्फत सक्दो सहयोग प्रदान गर्दै आएको छ । तपाईंहरुले ज्ञान र सीप…

Read More