काठमाडौंः एसपीलाई धम्की दिदै गालीगलौच गर्ने जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवलाई चार दिनसम्म पनि पक्राउ गर्न प्रहरी असफल भएको छ । गत बिहीबार उनले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएका थिए। शुक्रबार उनीविरुद्ध पक्राउ पूूर्जी जारी भएको थियो। आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। उनलाई पक्राउ गर्न एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिइएको थियो। तर, पनि उनी पक्राउ परेका छैनन्। उनी भारत पुगेको आशंका गरिएको छ । यादब र एसपी खड्काबिचको फोन संवाद बाहिरिएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा नेता यादबमाथि अनुसन्धान थालेको हो। नेता यादबले एसपी यादबमाथि लुटतन्त्र…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार पक्राउ पुर्जी जारी भएको प्रहरीले जानकारी दिएको छ। उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ। यादब र एसपी खड्काबिचको फोन संवाद बाहिरिएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा नेता यादबमाथि अनुसन्धान थालेको हो। नेता यादबले एसपी यादबमाथि लुटतन्त्र मच्च्याउन मधेस आएको भन्दै भ्रष्टाचारको आरोप लगाएका छन्। सर्लाहीको भौतिक विकास कार्यालयको विषयमा उनीहरुबिच यस्तो विवाद भएको हो । सो कार्यालयका प्रमुखसँग नेता यादबको विवाद भएको थियो। कार्यालयले असुरक्षा…
काठमाडौंः सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रतिशोध भएको भन्दै नेपाल प्रहरीकै एक कर्मचारीले हस्ताक्षर गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत सइ कमल खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयले छानविन थालेको हो। लामिछानेमाथि प्रतिशोध भएको भन्दै रास्वपाले देशैभरी हाल हस्ताक्षर अभियान चलाएकोमा सइ खड्काले पनि केही दिनअघि नेपालगञ्जमा हस्ताक्षर गरेका थिए। यूनिफर्ममै उनले लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो भाइरल भएको थियो। सोही आधारमा उनीमाथि छानविन थालिएको हो। उनीमाथि आचरणसम्बन्धि कारबाही गर्न लागिएको छ।सहकारी ठगीको मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन्। जिबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्दा उनले सहकारीको रकम दुरुपयोग गरेको अभियोग…
धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई हटाएका हुन्। चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन्। मुख्मन्त्री र मन्त्रीबिच व्यक्तिगत टकराव बढेपछि उनले बर्खासत गरेका हुन्। स्रोतका अनुसार खप्तड पर्यटन क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर टकराव बढेको थियो । कार्यकारी निर्देशक नियुक्त गर्दा आफूसँग सल्लाह नगरेको भन्दै मुख्यमन्त्री शाहले गत ३ असारमै राजीनामा दिन मन्त्री चौधरीलाई निर्देशन दिएका थिए। चौधरीले आफुलाई हटाउन चुनौती दिदै आएका थिए। बजेट पारित भएको दोस्रो दिन मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई पदबाट हटाएका हुन्। मन्त्री चौधरीले मन्त्रीस्तरीय निर्णयबाट गत १९ जेठमा खप्तडको कार्यकारी…
काठमाडौंः ‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था कीर्ते गरिएको प्रकरणमा छानविन हुने भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख दलसँग छलफल गरेका छन्। छलफलमा सभामुख घिमिरेले समितिले गर्नु पर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव समेत माग मागेका छन्। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपरान्ह सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्। छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी थिइन्। सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेको उनको…
काठमाडौंः नेपाली सेनाको कल्याणकारी कोषमा सवा २ अर्ब रुपैयाँ मिनामिना गरेको आरोपमा जर्नेल रोशन खड्का बर्खास्त भएका छन् । सैनिक बिशेष अदाललते उनलाई बिहीबार बर्खास्त गरेको हो। उनीसहित सेनानी बोधराज कार्की पनि बर्खास्त भएका छन् । सात वर्षअघि खड्का महासेनानी हुँदा कल्याणकारी सेवा निर्देशनालयमा थिए। त्यहाँ रहँदा उनले नक्कली कर्मचारी खडा गरी उनीहरुको नाममा पैसा निकालेर हिनामिना गरेका हुन्। उनीहरुले २ करोड २१ लाख ८५ हजार हिनामिना गरेकाले सो रकम पनि तिराउने फैसला भएको छ।
काठमाडौः सर्वोच्च अदालतले संवैधानिक निकायमा अध्यादेशमार्फत गरिएका नियुक्ति सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासल नियुक्तिविरुद्ध परेटका रिटहरु बुधबार खारेज गरेको हो।संवैधानिक इजलासमा राय बाझिएपछि बहुमतका आधारमा फैसला भएको हो। यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी लगायतको नियुक्तिले बैधता पाएको छ। सर्वाेच्चको संवैधानिक इजलासका न्यायाधीशहरु सपना प्रधान मल्ल र मनोज कुमार शर्मा र कुमार चुडालको बहुमतले रिट खारेज गरेको हो। प्रधानन्यायधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदीले भने नियुक्ति बदर हुनुपर्ने फरक राय राखेको सर्वाेच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।
काठमाडौंः हाइड्रोपावर कम्पनीहरुको प्राथमिक शेयर निष्काशन नियोजित रुपमा रोकेर बार्गेनिङ गरिरहेको आरोप खेपिरहेका नेपाल बितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नै लगानीको हाइड्रोपावरलाई भने आइपिएओ निष्काशन अनुमति दिएका छन्। बुंगल हाइड्रोलाई १५ असारमा आइपिओ निष्काशनको अनुमति दिइएको छ। सो कम्पनीमा अध्यक्ष श्रेष्ठको ३३ हजार कित्ता शेयर रहेको छ । कम्पनी उनकै निकटस्थहरुको लगानीमा सञ्चालित छ । बोर्डले १९ करोड पाँच लाख रुपैयाँको शेयर निष्काशनका लागि सो कम्पनीलाई अनुमति दिइएको छ । सबै प्रक्रिया पूरा गरेर पनि अरु दर्जनौं हाइड्रोपावर कम्पनीको भने आइपिओ निष्काशन अनुमति बोर्डले रोक्दै आएको छ । श्रेष्ठ निकट व्यक्तिहरुले त्यसका लागि पैसाको डिल गरेको उर्जा उत्पादक व्यवसायीहरुले बताएका…
काठमाडौंः प्रहरी छानविनमा रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन (शासकीय सुधार) आयोग को सदस्यमा नियुक्त गरेका छन् । गत १३ असारमा प्रधानमन्त्रीले बादल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई नियुक्त गरेका हुन्। सुशासनका लागि गठन गरिएको आयोगमा विवादास्पद पृष्ठभुमी भएका व्यक्ति चयन गरिएपछि आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । बादल गृहमन्त्री हुँदा बिचौलिया समूहले गृह मन्त्रालय नै कब्जामा गरी दर्तामा छुट भुटानी शरणार्थीको नाममा असुली धन्दा चलाइएको थियो । सोही प्रकरणमा बादलका तत्कालिन सल्लाहकार इन्द्रजित राई तथा छोरा प्रतिक थापा हाल कारागारमा छन् । त्यतीबेला बिचौलियाहरुले बादलपत्नी नैनकला थापालाई लगेर पैसा दिएको बयान दिएका थिए। नीतिगत…
काठमाडौं: विभिन्न संवैधानिक आयोगमा नियुक्त गरिएका ५२ जनाको विषयमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, लोक सेवा आयोगका अध्यक्ष लगायतको नियुक्तिसम्बन्धि विवादमा सर्वाेच्चको संवैधानिक इजलासले फैसला सुनाउन लागेको हो। गत २८ जेठमै फैसला सुनाउन मिति तोकिएको थियो। तर, अध्ययनका लागि समय नपुगेको भन्दै तीन साता सारिएको हो ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले यो मुद्दामा फैसला सुनाउनेछ । सो इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् । यो इजलासले यसससम्बन्धि मुद्दामा गत ३० माघ, २१ फागुन र ६ चैत तथा ३, ७, ८, ९, १०,…