Author: महेन्द्रनगर पोष्ट

धनगढी : अछाममा बैंकिङ मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका–८ का ४४ वर्षीय डण्डीप्रसाद सञ्ज्याल रहेका छन् । उनलाई मंगलसेन नगरपालिका–५ बाट बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पौडेलले राष्ट्रपति भवनमै विशेष संकल्प गरी सामग्री पठाएका छन् । उनको सामग्री लिएर एक सहसचिव र एक उपसचिव दोलखा गएर प्रमुख जिल्ला अधिकारीको अगुवाइमा पूजा सम्पन्न भएको हो । गत शनिबार र बुधबार भीमसेनको शिलामा पसिना आएको थियो ।

Read More

धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका विरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ।शुक्रबार सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)को अध्यक्षतामा बसेको बैठकले सम्बन्धित स्थानीय तहसंग सहकार्य गरेर हैजा र दादुरा–रुबेला निवारणका लागि टोली परिचालन गरिएको हो। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय र स्थानीय तहको एक टोली बनाई सम्बन्धित स्थानीय तहमा टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता हेमराज खडकाले बताए। उनले भने –‘हैजा र दादुरा रुवेला देखिएका स्थानीय तहमा निवारणका लागि टोली परिचालन भइसकेको छ।’ स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो भने एक बालिकामा पनि…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले भन्सार छली गरिएका चार लाख बढी मुल्य बराबरका सामान बरामद गरेको छ। दुई छुट्टाछुट्टै स्थानबाट भारतबाट अवैध रूपमा ल्याइएका सामानहरु बरामद गरेको हो । धनगढी उपमहानगरपालिका २ स्थित रामजानकी मन्दिर नजिकबाट वडा प्रहरीको टोलीले २ लाख १२ हजार बराबरका ६२० जोर पुरुष मोजा र ४४० जोर महिलाका मोजा बरामद गरेको छ । यस्तै प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका ३ बाट १ लाख ९० हजार ६०० बराबरका लन्डनहर्न ब्रान्डका चस्मा र चस्माका ग्लास बेवारिसे अवस्थामा फेला पारेको छ। दुवै स्थानबाट अन्दाजी ४ लाख २ हजार ६ मुल्य…

Read More

धनगढी: नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष एवं आइजी बसन्त बहादुर कुवँरकी पत्नी लक्ष्मी पराजुली कुवँरले धनगढी पुगेर जन्मदिन मनाएकी छन्। आज (शुक्रवार) नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशद्वारा आयोजित एक कार्यक्रमकाबिच उनले जन्मदिन मनाएकी हुन्। सो अवसरमा उनले धनगढी उपमहानगरपालिका-१३ स्थित दृष्टि फाण्डेसनलाई साहाराविहीनहरुका लागि लत्ता कपडा वितरण पनि गरेकी थिइन्। कार्यक्रममा सुदूरपश्चिमका डिआईजी लगायत मातहतका कार्यालय प्रमुख र स्थानीयसहितको सहभागीता थियो।

Read More

काठमाडौं: तत्कालीन गृहमन्त्री रवि लामिछाने घर गएर नयाँ गृहमन्त्रीको रुपमा नेपाली काँग्रेसका रमेश लेखक आएपछि प्रहरीमा पनि विभिन्न परिवर्तनहरु भैरहेका छन्। आएकै दिनदेखि गृहमन्त्री लेखकले धमाधम काज सरुवा गरिरहेका छन्। उनले अहिलेसम्म विभिन्न स्थानमा पार्टी निकट इन्सपेक्टरदेखि एसपीसम्म काजमा पठाइसकेका छन्। त्यसकै सिलसिलामा उनले अब केही एसएसपी, डिआईजी र एआईजी पनि चलाउने तयारी गरेका छन्। स्रोतका अनुसार गृहले हाल बिशेष ब्यूरोमा कार्यरत डिआईजी डा. मनोज केसी, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी बसन्त रजौरे र सिआइबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई हटाउने तयारी गरेको हो। उनीहरूको सरुवाको तयारी भइरहेको स्रोतको दाबी छ। यस अगाडि उनीहरूलाई गृहमन्त्री लामिछानेले जिम्मेवारी दिएका थिए। त्यसबेला उनले…

Read More

धनगढी : भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँसहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ। दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् । गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ । हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए । लामो समयदेखि उक्त…

Read More

काठमाडौं: काठमाडौंको महाराजगञ्ज वृत्तमा नयाँ डीएसपी पठाइएका छन्। त्यहाँ कार्यरत अमर थापा क्षेत्री मिसनमा जाने भएपछि उनको ठाउँमा नयाँ डीएसपी रबिन्द्र पौडेल गएका हुन्। उनको काज सरुवा गरिएको बताइएको छ। थापा यूएन शान्ति मिसनमा जाने भएपछि उनको काज सरुवा भएको हो।

Read More

काठमाडौँ : यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो। साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर…

Read More