Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका छन् । आज बिहानदेखि दाँतमा दुखाइको महशुस भएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेका हुन । अहिले डा.रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको काम गरिरहेको छ।

Read More

काठमाडौं : ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्। खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए। दुर्घटनामा परी याङ्वरक–४ का नौ वर्षीय मानस तामाङको घटनास्थलमै ज्यान गएको हो। उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए। दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ विद्यार्थी घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ। दुर्घटनापछि चालक फरार रहेका छन्। उनको खोजी भइरहेको…

Read More

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ।

Read More

काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिएका छन् । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

Read More

धनगढी : कैलालीमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो । पहिचान नखुलेको कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरीरमा सेतो रंगको हाफ टिसर्ट र तल्लो शरीरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाइ ५ फिट ८ इन्च, कपाल हल्का फुलेको अवस्थाको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । शव पहिचानको लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको र कसैले उक्त शवलाई चिनेमा सम्पर्कमा आउन अनुरोध गरिएको छ ।

Read More

अछाम : क्रीकेटर सन्दीप लामिछाने माथि जिल्ला अदालत काठमाडौले फैसला गरेको ८ वर्षको कैद सजायका विरुद्ध अछाममा बिरोध प्रदर्शन गरिएको छ । कुनै आधिकारिक तथ्य र प्रमाण नभई अदालतले सन्दीप माथी गरेको यो फैसला उच्च अदालतले खारेज गर्नुपर्ने भन्दै विरोध र्याली गरिएको हो । नेपाली क्रीकेटलाई विश्वकपमा पुगाउन महत्त्वपूर्ण योगदान गरेका सन्दीपलाई नै विश्वकप खेल्न नदिने षडयन्त्र भईरहेको भन्दै यसका विरुद्ध आम नेपाली एकजुट हुनुपर्ने भन्दै विरोध कार्यक्रम गरिएको आयोजकले जनाएको छ । अछाम जेसिस र मंगलसेन बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रम अछाम बहुमुखी क्याम्पस बाट सुरु भई बजार परिक्रमा गर्दै अछाम अदालत सम्म पुगेको थियो । र्यालिमा “सन्दीपलाई…

Read More

धनगढीः कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका ४ भालुफाटाको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा २५ वर्षीय सुनिल शाहीको शंकास्पद मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिप्रेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए। छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको बताए। डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनको छतबाट हाम फालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए। तर, मृतकका परिवारले भने घटनाको प्रकृति…

Read More

काठमाडौं: जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक सप्ताह २०८१ को सुभारम्भ गरेको छ। सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा सो सप्ताह थालिएको हो। अस्ति २५ गतेदेखि थालिएको सो सप्ताह आगामी बैशाख ३१ गतेसम्म संचालन हुने जनाइएको छ। ट्राफिक सप्ताह २०८१ लाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्‍घाटन गरेका थिए। जसमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको अध्यक्षता थियो। कार्यक्रममा ट्राफिक सुरक्षा, सडकको सही प्रयोग, सवारी दुर्घटना न्यूनीकरण लगायतका सवालमा जनचेतनामूलक एवं विभिन्न प्लेकार्ड, व्यानर, सांस्कृतिक झाँकीसहित प्रभातफेरी…

Read More

काठमाडौँ : इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन् । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

Read More

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले बैठकले निर्णय गर्ने छ । अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको माग अनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी गरेको प्रवक्ता मनिष सुमनले बताए । पार्टी विभाजनको विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको प्रवक्ता सुमनले बताए । उनका अनुसार आज बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा पत्रकार सम्मेलन राखिएको छ । दल…

Read More