Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग मागेको छ। समितिका सचिव सुरजकुमार दुराका अनुसार ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका छन्। समिति सभापति रामहरि खतिवडाले उजुरीका आधारमा ‘वास्तविकता के हो त्यससम्बन्धी कागजात मगाउन निर्देशन गरे’अनुसार समितिले गृह मन्त्रालयसँग एआईजी ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात माग गरेको हो। उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका छन्। नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको भन्दै ज्ञवालीविरुद्ध २०७९ फागुन १४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। प्रारम्भिक…

Read More

धनगढी : ‘एक्चुअरियल साईन्स’ विषयको पठनपाठन नेपालमा पनि हुने गरेको छ। विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रुपमा रहेको ‘एक्चुअरियल साईन्स’ र डाटा साईन्सको पढाइ नेपालमा पनि हुने गरेको हो। तर यो विषयमा धेरै जना बेखबर रहेको देखिन्छ । भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुअरी हो। विश्वमै उत्कृष्ट पेशाको रुपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शुन्य अवस्थामा रहेको छ। गणित बिज्ञान स्कुल बल्खुका कार्यक्रम संयोजक केशबराज फुलाराले बिमाको क्षेत्रमा काम गर्न व्यक्तिले एक्चुअरी अध्ययन गर्नुपर्ने बताए। खागरी बीमा व्यवसायमा बीमालेख तयार पार्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा…

Read More

काठमाडौं : विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। संयुक्त राष्ट्र संघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो। मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरू गरिएको हो। यसवर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ। राष्ट्र सङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ। दिगो विकासको छैटौँ…

Read More

काठमाडौँ : जुत्तामा आचार्य राखिएकोप्रति आचार्य समाजले आपत्ती जनाएको छ। आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ति जनाएको हो। आचार्य समाजको काठमाडौँमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो। सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको रश्मी एग्रो प्रोसेसिङ उद्योगले उत्पादन गरेको चामलमा अखाद्य वस्तु भेटिएको छ । धनगढी उपमहानगरपालिका–१ बस्ने दिपक भट्टले शुक्रबार स्थानीय किराना पसलबाट खरिद गरेको उक्त उद्योगको चामलमा प्लाष्टिक मिसावट गरेको भेटिएको हो । भट्टले स्थानीय दिपेश लक्ष्मी जनरल स्टोरबाट खरिद गरिएको चामलमा प्लाष्टिक मिसावट गरिएको भेटिएपछि उपमहानगरपालिकालाई खबर गरेका थिए । लगत्तै उपमहनगरपालिका गएको नगर प्रहरीको टोलीले उक्त चामलको नमूना संकलन गरेर ल्याएको थियो । नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले चामलमा अखाद्य वस्तु मिसावट गरिएको गुनासो आएपछि नमूना संकलन गरेर ल्याइएको बताए । खड्काले संकलित नमूना परीक्षणका लागि खाद्य, प्रविधि तथा गुण…

Read More

बझाङ: बझाङमा अटो रिक्सा दुर्घटना भएको छ। आतबार बिहान भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुपप्र०१००१ ह ५२३१ नम्बरको अटो दुर्घटनामा परेको हो। खप्तडछान्ना ७ गडारायका चन्द्रजंग चौहानले चलाएको अटो एक्कासी सडकको नालीमा पल्टिदा अटोमा सवार तीन जना जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय कृतिकल्याण जोशीसँगै उनका छोरी प्रेरणा जोशी र छोरा प्रशान्त जोशी घाइते भएका छन्। घाइते तीनै जनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन्। यसअघि दुर्गाथली गाउँपालिका २ मौरीबगरबाट भाँगडा बजारतर्फ जाँदै गरेको अटो रिक्सा पिपलढुस्की भन्ने ठाउँमा अटो दुर्घटना हुँदा ८ जना घाइते…

Read More

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन्। ०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो। तर, उनले जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खटिने बताएका छन्।

Read More

धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका–५ जाई बस्ने एक जना र डोटीका एक गरेर दुई जनालाई २ ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जाँइका ३० वर्षीय लालबिर चौधरी र डोटीको दिपायल सिलगढी नगरपालिका–४ का २४ वर्षीय प्रदिप धोवी रहेको प्रहरीले जनाएको छ। चौधरीलाई धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट १ ग्रामसहित र धोवीलाई धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट १ ग्राम ६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो। दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

दार्चुला: नेपाल र भारत सरकारको सहयोगमा प्राप्त भएको जिल्लाको दुहुँ गाउँपालिका वडा ३ मा रहेको जनविकास मावि बारबाजको बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको छ। दार्चुला तिंकर सडकखण्ड तथा जौशाी गाउँ बारबाज सडक खण्डको स्तरोउन्नती हुन नसक्दा बस जिल्ला सदरमुकाम खलंगामा थन्किएको हो। दार्चुला तिंकर सडक खण्ड लगायत जोशीगाउँ बारबाज सडक खण्ड स्तरोउन्नती नहुदाँ बस सेवा संञ्चालनमा ल्याउन समस्या भएको विद्यालयका प्रधानाध्यापक शान्ती बोहराले जानकारी दिए। भारतीय राजदुतावासले बारबाज विद्यालयलाई २०७८ सालमा बस हस्तान्तरण गरेको थियो। विद्यालयलाई बस हस्तान्तरण गरिएको लामो समयसम्म समेत बस सेवा सञ्चालन नुहदाँ समस्या भएको छ। भारत सरकारले भारतीय स्वतन्त्रता दिवसको अवसरमा उपहार स्वरूप उक्त बस प्रदान…

Read More

काठमाडौं : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थित छठ पूजास्थल जाने कार्यक्रम छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य…

Read More