Author: महेन्द्रनगर पोष्ट

धनगढीः बझाङमा पसल तोडफोड गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन्। सदरमुकाम चैनपुरको चौराहा नजिकै रहेको एसपलस मोबाइल ग्यालरीमा चोरी गरेको आरोपमा एक बालक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुर्मा गाउँपालिकाका १४ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शुक्रवार राति साढे ११ बजेको समयमा उनी मोबाइल ग्यालरीभित्र पसेर सामान चोरी गर्दै गरेको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए। पसलको ताला फोडेर भित्र गएका बालकले प्रहरी र स्थानीय आएपछि सामान चोर्न भने नपाएको तर केहि मोबाइल, ल्याप्टप लगाएतका इलेक्ट्रोनिक सामग्रीमा क्षति पुगेको पसल सञ्चालक शिवराज उपाध्यायले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। ती बालकले गत…

Read More

धनगढी : तराईबासीले मनाउने छठ पूजाको तयारी पूरा भएको छ। छठमा पूजा गर्न आउने भक्तालुका लागि कैलालीको मोहना घाटमा टेण्ट निर्माण, बिजुली बत्ति र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए। शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए। पाँच हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ। अस्ताउदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजाआराधना छठ पर्वको मुख्य विषेशता रहेको छ। छ्ठ पुजाको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने आयोजकले जनाएको छ। छठ पूजा सेवा समितिको आयोजनामा हरेक…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए। शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रममा उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए। ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’, उनले भने । नेकपा एमालेका युवा विद्यार्थीले पनि त्यस दिन काठमाडौंमा प्रदर्शन कार्यक्रम राखेको छ । आफूहरुले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको…

Read More

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन गरेको छ। दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो। समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन्। उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे/ नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेश गर्ने संयोजक विजयकुमार रायले जानकारी दिए।

Read More

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपिन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन्। शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए। ‘जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ’, मन्त्री साउदले भने, ‘सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ।’ साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उनको भनाइ छ। मन्त्री साउदले शनिबार बिहान जोशीका बुवाआमा…

Read More

जाजरकोट : जाजरकोट भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो। उनकी छोरी घाइते भइन। प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएकी छन्। आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो। भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन। घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ। आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लागेकी छन्। घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाएका छैनन्। अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ। संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि…

Read More

जाजरकोट : चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ। जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हो। ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आउनु भएको थियो। चिसो बढेसँगै बिरामी पर्नु भएकी उनको आज बिहान ज्यान गएको छिमेकी जनक बहादुर खत्रीले जानकारी दिए। जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ। यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या छ पुगेको छ।

Read More

कञ्चनपुर : त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्। मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन्। ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो।’ भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए। भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी…

Read More

धनगढी : धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भइ भएको आगलागीबाट १७ करोड ९७ लाख बराबरको क्षति भएको हो। सारथी अस्पताल प्रालीको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनीकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड…

Read More

धनगढीः कैलालीमा एक पालिका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)ले चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी हुन्। गाउँपालिकाका अध्यक्ष उपाध्यायले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा ७ वर्षीय मेनुका भण्डारीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय, सुखडले जनाएको छ। गाडीको ठक्करबाट भण्डारी घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ। तर, गाउँपालिकाका अध्यक्ष उपाध्याय भने गाडीमा सवारी थिएनन्। शनिवारको दिन पनि चालक रेशम आर्चायले सरकारी गाडी कुन प्रयोजनका लागि चलाएको भनेर खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। चालक प्रहरीको नियन्त्रणमा छन्। भण्डारीको घोडाघोडी अस्पताल…

Read More