Author: महेन्द्रनगर पोष्ट

दाङ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। चितवनको भरतपुर महानगरपालिका– १२ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्ने ३७ पर्षीय मोहन कोइराला पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो। बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार पक्राउ परेका कोइरालाले आफूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै सरकारी कार्यालय तथा विभिन्न संघसंस्थाबाट सुविधा लिँदै आएका थिए। ‘कुनै कार्यालय वा संघसंस्थाका कर्मचारीको कमजोरी पत्ता लगाई उनीहरूसँग रकम बार्गेनिङ गरी असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिउपर थप अनुसन्धान हुन…

Read More

कैलाली : बाजुरामा पाँचौँ छेडेदह कप फुटबल प्रतियोगिता भोलि (शनिबार) बाट सुरु हुने भएको छ । छेडेदह स्पोर्टस क्लबको आयोजनामा गर्न लागेको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लको सर्वाधिक धनराशिको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । खेल अवधिभर खेल क्षेत्र आसपासका पसलहरू र बजार क्षत्रमा मदिरा बिक्री वितरणमा पूर्ण रुपमा बन्द गर्ने सहमति समेत भएको छ । आयोजक र स्थानीय व्यापारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूबीच भएको सहमति अनुसार खेल अवधिभर सात दिनसम्म मदिरा बिक्री वितरणमा गर्न रोक लगाइएको हो । भोलिदेखि सुरु हुने प्रतियोगिता १७ गतेसम्म जारी रहने छ ।प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ३५ हजार ३३५ रुपैयाँ…

Read More

काठमाडौँ : नेपाल सरकारको परराष्ट्र मन्त्रालयले चरमपन्थी समूह हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ । जोशी गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला भएको दिनदेखि बेपत्ता छन् र उनको ठेगाना अझै अज्ञात छ। परराष्ट्र मन्त्रालयले गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

Read More

गाजा : गाजापट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीव्रता दिएको छ । उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ, जसबाट इजरायलमा कम्तीमा एक हजार ४०० जनाको ज्यान गएको छ ।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमणतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक रूपमा भ्रमण गर्न लागेको जानकारी दिएको हो । अमेरिकाको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालय दुवैले करिब एक महिनाभन्दा बढी समन्वय गरेपछि परराष्ट्रमन्त्री साउदको भ्रमणको औपचारिक रूपमा सार्वजनिक गरिएको हो । मन्त्री साउदलाई सोमबार वासिङ्टन डीसीमा स्वागत गरेलगत्तै सोही दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्रमन्त्री साउद संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आइतबार स्वागत गरेर द्विपक्षीय भेटवार्ता गरेपछि बेलुकी अमेरिका जाने भएका हुन् । मन्त्री साउद सन् २०१८ पछि अमेरिका…

Read More

बझाङ : इजरायलमा मारिएका जयपृथ्वी नगरपालिका-११ का गणेश नेपालीको दाहसंस्कार गरिएको छ । हमास विद्रोहीको आक्रमणमा परी अक्टोबर ७ तारिखमा मृत्यु भएका गणेशको शुक्रबार भोपुरस्थित सेती नदी किनारमा दाहसंस्कार गरिएको हो । उनको शवयात्रामा जिल्लाका जनप्रतिनिधिलगायत विभिन्न क्षेत्रका मानिसहरु सहभागी थिए । धनलाल नेपाली र लक्ष्मी आउजीका छोरा गणेश २०५५ सालमा जन्मिएका थिए । उनी पढाईमा अब्बल थिए । उनका चार दिदी, एक दाजु र दुई भाइ छन् । चितवनको प्रेरणा कलेजबाट छात्रवृत्तिमा आईएस्सी पास गरेका उनी टिकापुर बहुमुखी क्याम्पसमा छात्रवृत्तिमै कृषि विज्ञानमा स्नातक पढिरहेका थिए । आठौं सेमेस्टरको इर्न्टनसिप गर्न उनी गत भदौमा इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत…

Read More

चेन्नई : आईसीसी एकदिवसीय विश्वकपमा ‘गर या मर’ को अवस्थामा रहेको पाकिस्तानले दक्षिण अफ्रिकासामु जीतका लागि २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पाली खेले । कप्तान बाबरले ६५ बलमा ४ चौका र १ छक्का हिर्काउँदै ५० रन बनाएर तब्राइज शाम्सीको बलमा आउट भए । सकिलले ५२ बलमा ५२ रन बनाए । उनले ७ चौका हिर्काए । पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो सुरुवात गरे पनि त्यसलाई ठुलो स्कोरमा परिणत गर्न सकेनन् ।…

Read More

लमही : दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा एकजना नेपाली सेनाको मृत्यु भएको छ । लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गण अर्जुन खोलामा शौचालय गर्न जाँदा चिप्लिएर अर्जुन खोलामा खस्दा उक्त गणमा कार्यरत ३० वर्षीय लेस नायक सितल थापाको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंखर श्रेष्ठले जनाए । लमजुङको मध्यनेपाल नगरपालिका–९ घर भएको थापा उक्त गणमा कार्यरत रहेका थिए ।

Read More

दार्चुला : दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका- ४ खलंगा स्थित शिबनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको हुन्। महाकाली नदीको किनारमा मृत फेला पर्ने पुरुष दुहुँ गाउँपालिका-२ हिकिलाका ४५ वर्षीय जयराम टमटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए। घटनाको बारेमा प्रहरीलाई बेलुकी ४ बजेतिर मात्रै जानकारी प्राप्त भएपछि अहिले प्रहरी टोली घटनास्थलमा रहेको बताइएको छ। मृत भेटिएका पुरुषको साथमा बाल्टीमा कपडा समेत भेट्टिएको छ। उनी महाकाली नदीमा सरसफाई गर्न गएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धानको…

Read More

काठमाडौँ : राष्ट्रिय सभाको अर्को बैठक आउँदो कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाको अर्को बैठक त्यस दिन र समयमा बस्ने गरी निर्धारण गरेका राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ । यसअघि गएको असोज २९ गतेको सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

Read More