Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मंगलबार टियु मैदानमा भएको खेलमा नेपालले दोस्रो जित हात पारेको हो। मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। ३४ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए। उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आसिफ शेखले भने २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन बनाए। कप्तान रोहित पौडेल भने २ रनमै आउट भए। सन्दीप जोरा १८ र विवेक यादव…

Read More

धनगढी :  डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ। मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि छानबिन थालिएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि उनीमाथि छानबिन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उनीमाथि छानबिन गरिरहेको कडायतको भनाइ छ। उनकाअनुसार केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ। प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ। उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ।…

Read More

बझाङ : बझाङको मस्टा गाउँपालिका-४ तातोपानीस्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ। सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कात्तिक ११ गते नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। उनको खोजीकार्यका लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको हो।

Read More

काठमाडौं : टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो। मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए। मलेसियाले नेपालविरुद्ध ड्रिम सुरुवात गरेको थियो। ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए। त्यसअघि तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले…

Read More

धनगढी: धनगढीमा सरकारी सम्पत्ति ‘कौडीको भाउ’मा भाडामा लगाइएको पाइएको छ। धनगढीस्थित कभर्डहलको जग्गामा बनेको हललाई न्यून रकममा भाडामा लगाइएको पाइएको हो। तत्कालीन धनगढी नगर विकास समितिले कैलाली जिल्ला खेलकुद विकास समितिलाई भोगचलन गर्न भन्दै प्रदान गरेको सो कभर्डहलको जग्गामा एक हल निर्माण गरिएको थियो। सोही हललाई तत्कालीन दिपक सिंहको अध्यक्षतामा रहेको समितिले खेलकुद प्रयोजनमा लगाउनुको सट्टा व्यवसायीलाई भाडामा दिएको थियो। हालका कैलाली जिल्ला खेलकुद विकास समितिका प्रमुख (हाकिम) दिपक सिंहले सो संरचनालाई २०७६ सालमा भाडामा लगाइएको जानकारी दिए। उनका अनुसार सो हलका सटरहरु र माथिल्लो भाग पुरै भाडामा लगाइएको हो। यस्तै सिंहले तत्कालीन हाकिम टोप बिष्टले टेन्डर निकालेर ७६ सालमा…

Read More

बाजुरा : पूर्व प्रधानमन्त्री एवम्  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्षस्थ नेता बाजुरा आउने भएका छन्। अध्यक्ष ओलीसहितको टोली कार्तिक १९ गते बाजुरा आउन लागेको हो। बुढिगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघान संगै पार्टीको कार्यक्रमका लागि ओलीसहितका नेता बाजुरा आउन लागेको  बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए। उनकाअनुसार ओलीले नगरपालिकाको प्रशासनिक भवन उद्घाटनसँगै फालाशैनमा हुने भलिवल प्रतियोगीताको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।त्यसपछि उनी पार्टीको कार्यक्रम सरिक हुनेछन्। अध्यक्ष ओलीसँगै उपाध्यक्ष बिष्णु पाैडेल महासचिव संकर पोखरेल पनि बाजुरा आउँदैछन्। उनीहरू बडिमालिका घुम्ने कार्यक्रम समेत रहेको नगरप्रमुख बानियाँले बताए।

Read More

धनगढी : कैलालीमा दशैंका बेला महिलालाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो। गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन। इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका…

Read More

कैलाली :  कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन्। सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ। नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्। “सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भने, “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो। धेरै घाटा भयो।” हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन्। कैलालीमा नेपाल…

Read More

स्याङ्जा :  स्याङ्जाको चापाकोटका एक व्यक्तिले  श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन्। चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए। श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए। साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई…

Read More

काठमाडौं : नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। मलेसियाका कप्तान फायज अहमदले टस जितेपछि नेपाललाई बलिङ गर्ने निम्तो दिएका हुन्। नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्। दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यादवले स्थान पाएका हुन्। कप्तान पौडेलले पावर प्लेमा थप राम्रो प्रदर्शन गर्ने दाबी गरे। ऐरीको बारेमा शुभ समाचार नभएको भन्दै उनले अर्को एमआरआई गरेपश्चात…

Read More