Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागी केही दिन अघि आयुष दुबई पुगेका थिए। यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी दिएका हुन्। एलिजे सधैँ बुर्कामा नै हुने भएकाले लाइभ हेर्ने कसैले पनि अहिलेसम्म उनको अनुहार देखेका छैनन्। ईन्गेजमेन्टको क्लिप्सहरुमा पनि एलिजेको अनुहार देखाईएको छैन। एलिजे पाकीस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। आयुषलाई नै भेट्न भनी केही महिना अघि एलिजे…

Read More

बैतडी – बैतडीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंकी कंकुरादेवी भट्टलाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । शुक्रबार दिउँसो घाँस काटिरहेको बेला भट्टलाई सर्पले टोकेको हो । घाइते भट्टको जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । बैतडीमा पछिल्लो समयमा सर्पदंशका घटना बढ्दै गएका छन् । यो बर्ष मात्रै सर्पको टोकाइबाट चार जनाको ज्यान गइसकेको छ । सर्पले टोकीहालेमा जिल्ला अस्पतालमा उपचारका लागि आउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । यो बर्षदेखि जिल्ला अस्पतालमा सर्पदंशका बिरामीहरुको उपचार शुरु भइसकेको अस्पतालले जनाएको छ…

Read More

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । पुर्पक्षका लागि थुनामा पठाउन अदालतले दिएको आदेश अनुसार भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग रहेका छन् । यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ…

Read More

कैलाली : बझाङमा गत मंगलबार गएको भुकम्पपछिको अवस्था बुझ्न आज बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भूकम्प पीडितले भेट्न नपाएको गुनासो गरेका छन् । पीडितहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटी आफूहरुको समस्या राख्न नपाएको गुनासो गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड बझाङ आउने खबर पाएपछि सदरमुकाम पुगेका दुरदराजका भूकम्प पीडितहरुले समस्या राख्न पाउने आशा राखेका थिए । बिहानै एक घण्टाको बस यात्रा गरेर सदरमुकाम चैनपुर पुगेका थलारा गाउँपालिका( ९ सिरेटाका ज्ञानु दमाईले भने, ‘प्रधानमन्त्रीज्यूलाई केही समस्या सुनाउँला भनेर बिहानै आएको हुँ । भेटेर कुरा राख्न त के, देख्नै पाइनँ । पहिले बाढी पहिरोका बेला आएका प्रधानमन्त्री हेलिकप्टरबाट हेरेर जानुभयो । अहिलेका प्रधानमन्त्री भुईंमा…

Read More

चितवन : ईलाका प्रहरी कार्यालय, रत्ननगरमा एक जना घुमुवाले प्रहरी जवानलाई हप्काएपछि माहौल तातिएको छ आफ्नी श्रीमतीलाई ड्युटीमा हालेको भन्दै सहायक हवल्दार रुपेश गुरुङ्गले जवान विकेश शाहलाई हप्काएको घटना बाहिरिएसँगै माहौल तातिएको हो । कार्यालय प्रमुख नायव उपरीक्षक (डिएसपी) अनिलकुमार खड्काका विश्वासपात्र रहेका गुरुङ्गले श्रीमती अम्बिका भुलनलाई ड्युटीमा हालेको निहुँमा थर्काएको बताइएको छ । ‘उनले ब्यारेकभित्र रहेका अन्य महिला प्रहरीलाई हाल्न सक्दैनस्,तैलें मेरै श्रीमतीलाई ड्युटीमा हाल्नुपर्छ भन्दै कार्यालयमै पुगेर गाली गरेका थिए । घटना घटेको एक साता भइसकेको छ । प्रहरीभित्र आफ्नै अनुशासन र चेन अफ कमाण्ड हुने भएकाले पनि गुपचुप राखिएको स्रोतले बतायो । यद्यपि, घुमुवाको अत्याचार सहन नसकेपछि…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ७०१ प्रहरी नायब निरीक्षक (सई) को सरुवा निकालेको छ । प्रधान कार्यालयका अनुसार कार्तिक महिनादेखि सम्बन्धित कार्यालयबाट तलब बुभ्mने गरी सरुवा गरिएको हो । सूचीः prnn_srv_2080-06-19Download

Read More

काठमाडौं :  राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) मा नियन्त्रणमा लिई ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने भनी स्पष्ट कानुनी व्यवस्था छ। यस विपरीत सरकारले संविधान दिवसको दिन नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगललाई माफी मिनाहा दिएको देखिएको आयोगले जनाएको छ। जिल्ला अदालत, बाँकेले ११ वैशाख २०७५ मा गरेको फैसलामा मानन्धरलाई घेरा हाली भाग्न…

Read More

बझाङ : प्रधानमन्त्री प्रचण्डसँग कुरा राख्न आएका भूकम्पपीडितले आज सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्रीलाई भेट्न नपाएको र आफ्ना पीडाको सुनुवाइ नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै नाराबाजी गरे। उनीहरूले बाहिर नारा लगाइरहँदा प्रधानमन्त्री प्रचण्ड जिल्ला प्रशासन कार्यालयभित्र थिए। प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै प्रहरीले उनीहरूलाई केही बेर नियन्त्रणमा लिएको थियो। बझाङका भूकम्पपीडितले प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो गरेका छन्। पीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटी आफ्ना समस्या राख्न नपाएको गुनासो गरेका हुन्। उनीहरूले प्रधानमन्त्री भेट्न नदिइएपछि भन्दै आक्रोश पोखेका हुन्। प्रधानमन्त्री प्रचण्ड बझाङ आउने खबर पाएपछि सदरमुकाम पुगेका पीडितहरूले समस्या राख्न पाउने आशा राखेका थिए। एक घण्टाको बस यात्रा गरी चैनपुर पुगेका थलारा…

Read More

धनगढी : धनगढीका आशिष कुमार विनाडी बुधबारदेखि सम्पर्कविहिन भएका छन् । उनी हिजाे १ बजेदेखी सम्पर्कविहिन भएकाे पारिवारिक स्रोतले जनाएकाे छ। उनकाे खाेजीका लागि प्रहरीमा हिजाे नै निवेदन पनि दिएकाे भएपनि अहिलेसम्म नभेटिएकाे जनाइएकाे छ। उनलाई कसैले देखेमा 9848452699 र 9762307920 मा सम्पर्क गरिदिन परिवारले अनुराेध गरेकाे छ।

Read More

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ । सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ । मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् । मन्त्री देवीले आफ्नो सचिवालयमा खराब प्रवृत्तिका व्यक्तिलाई घुसाएको भन्दै उनको समेत आलोचना भएको छ । केही दिनअघि मात्रै मन्त्री देवी आफू…

Read More