Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : दुबईबाट अवैधरुपमा भित्र्याइएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फुत्काउने समूहका थप दुईजना समातिएका छन् । झन्डै एक किलो अवैध सुन ल्याउने व्यक्ति हिजै पक्राउ परेकोमा प्रहरीले आज अरु दुई जनलाई पनि नियन्त्रणमा लिएको हो । हिजो बिहान साढे ९ बजे हिमालयन एयरलाईन्सको जहाजमा दुबईबाट आएका काभ्रेका बाबुलाल दोङ ११ बजेतिर ९६० ग्राम सुनसहित एअरपोर्ट बाहिर सडकबाट समातिएका थिए । भन्सार छलीको उक्त सुन विमानस्थलबाट बाहिर निकाल्न सफल उनलाई विशेष सुराकीका आधारमा काठमाडौँ प्रहरीले विमानस्थल बाहिर सडक पेटीमा हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि दोङलाई सोधपुछ गर्दा सुन मलद्वारमा लुकाई ल्याएको पत्ता लागेपछि प्रहरी वृत्त गौशाला पुर्याई थप चेकजाँच…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटीमा पदाधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ। भदौ २४ गते समाजवादीको जिल्ला कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो। पार्टी स्रोतका अनुसार बैठकले सक्रियताका आधारमा जिम्मेवारी हेरफेर गरिएको हो। जसमा यसअघि सहसचिवको जिम्मेवारीमा रहेका दीर्घ जोशीलाई सचिवको जिम्मेवारी दिएइको छ। भने जिल्ला सचिवको जिम्मेवारीमा रहेका खडक रावतलाई उपाध्यक्ष बनाइएको छ। रावत घोडाघोडी नगरपालिकाका मेयरसमेत हुन्। उनको व्यस्तताका कारण पार्टी सचिवको जिम्मेवारी हेरफेर गरेको बुझिएको छ।

Read More

धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङप्रती श्रद्धाञ्जली अर्पण गर्न समाजवादीका नेताहरु एमालेको कार्यालयमा पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कैलालीका जिल्ला अध्यक्ष, सचिव सहितका नेताहरुले नेम्वाङलाई एमाले कैलालीको कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। मंगलबार उनीहरुले नेकपा (एमाले) कैलाली जिल्ला पार्टी कार्यालयमा राखिएको श्रद्धान्जली व्यक्त कार्यक्रममा फोटोमा माल्यार्पण गरेका थिए। नेकपा विभाजनपछि एमालेबाट छुट्टिएर समाजवादी पार्टीमा आबद्ध भएका जिल्ला अध्यक्ष विमलकुमार जोशी, सचिव दीर्घ जोशी लगायतका नेताहरु स्वर्गीय नेम्वाङप्रति श्रद्धान्जली व्यक्त पार्टी कार्यालयमा पुगेका थिए। पार्टी विभाजनपछि उनीहरु पहिलोपटक पुगेका हुन्। सो क्रममा श्रद्धाञ्जली अर्पण गर्दै समाजवादीका अध्यक्ष जोशीले संविधान सभाका अध्यक्ष…

Read More

धनगढी: राष्ट्रिय जनमोर्चाको कैलाली पाँचौ जिल्ला सम्मेलनले जगतप्रसाद जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मिलन शाही, सचिवमा मेरजन शाही, कोषाध्यक्षमा कुन्ती पाण्डेय र सहसचिवमा अञ्जना मास्के छानिएका छन् । २३ सदस्यीय कमिटीमा १९ जना पूर्ण र चार जना वैकल्पीक सदस्य चुनिएका छन् । सो सम्मेलनको उद्घाटन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले अमेरिकी साम्राज्यबाद र भारतिय विस्तारबादका कारण नेपाली राष्ट्रियता कमजोर हुन थालेकोले त्यसका विरुद्ध लड्न जरुरी भएको बताए । उनले संघीयता खारेज नहुँदासम्म मुलुकको प्रगति नहुने पनि बताएका थिए ।

Read More

मध्यविन्दु (नवलपरासी) : प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका उनी २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहेकानेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताए । “२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उनले भने, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत…

Read More

काठमाडौं : कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका-४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

Read More

काठमाडौँ: डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव ब्यारेक ल्याउन लागिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता तथा इन्सपेक्टर कमल क्षेत्रीले शव ब्यारेक ल्याउन लागिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। त्यसपछि मेजरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने छ। काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए। उनको शव आज डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा फेला परेको थियो। भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि…

Read More

वेदकोट: कञ्चनपुरमा केही सातायता डेंगु रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु रोगका सङ्क्रमित भेटिएका छन् । यहाँ डेंगुको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो । बेलौरी नगरपालिकाका २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, “जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगुको सङ्क्रमण बढिरहेको देखिन्छ ।” उनका अनुसार सबैभन्दा बढी डेंगु रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन् । भीमदत्तका ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मन्त्र हस्पिटलमा १२,…

Read More

काठमाडौँ: कोशी प्रदेश प्रहरी गण रानीमामा कार्यरत वरिष्ठ सई लक्ष्मण महतराले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको उजुरी परेपछि छानबिन थालिएको छ । उनले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको भन्दै २१ साउनमा प्रहरी प्रधान कार्यालयमा ​बेनामे उजुरी दर्ता भएको थियो । चोरीको मोटरसाइकलमा प्रदेश नं. १–०१–०१३ प ७०२२ नम्बर राखेर कुदाउने गरेको भन्दै महतराविरुद्ध उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा छानबिनको लागि पत्र पठाएको थियो । प्रदेश प्रहरी कार्यालयले उजुरीउपर छानबिन भइरहेको जनाएको छ । सई महतरा यसअघि इलाका प्रहरी रानी, विराटनगरमा लेखापालको रूपमा कार्यरत थिए। उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन्। इप्रका रानीमा हुँदादेखि…

Read More

काठमाडौँ: प्रहरी प्रभाग, बूढानीलकण्ठ काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंह घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । उनले बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने भन्दै घुस मागेको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Read More