काठमाडौं: नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अनुभव सम्बन्धमा झुटा विवरण र कागजात बुझाएर सरकारलाई ढाँटेको भन्दै ओझाविरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो। उजुरीमा ओझाले बुझाएका कागजात छानबिन गरी कारबाही गर्न माग गरिएको छ। ओझाले सरकारलाई गुमराहमा राखेको आरोप लगाइएको छ। पत्रकार ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभवसहितको कागजात पेस गरेका थिए। उजुरीमा सिफारिस समितिका पदाधिकारीविरुद्ध समेत कारबाहीको माग गरिएको छ। ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनलाई योजनावद्ध रुपमा मन्त्रालयको वेभसाइटबाट हटाइ त्यसमा रहेको ३५ वर्ष नाघेको हुनुपर्ने व्यवस्थालाई ३० वर्ष नाघेको हुनुपर्ने व्यवस्था…
Author: महेन्द्रनगर पोष्ट
डोटीः डोटीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका–७ बस्ने दल बहादुर बलायरको ६० वर्षीया श्रीमती मन्धरी बलायरको आइतवार करिब १२ बजेतिर माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। प्रहरीका अनुसार रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथि बाट माटोको ढिस्को खस्दा मन्धरीको मृत्यु भएको हो।
धनगढी: नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेर कडायतले प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा चुनौती थपिएको बताएका छन्। धनगढीमा सुरु भएको प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बोल्दै उनले प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउनैपर्ने आवश्यकता रहेको औंल्याए। प्रहरी पहिलो न्यायाधीश एआईजी कडायतले “प्रहरी पहिलो न्यायाधीश हो” भन्दै अपराध अनुसन्धान राम्रो नभए शान्ति-सुरक्षा खतरामा पर्ने र त्यसको प्रभाव राज्यका अन्य निकायमा पनि पर्ने बताए। “अहिले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को युग आइसकेको छ। प्रविधिको विकासले अपराध अनुसन्धानमा चुनौती थपिएको छ। प्रहरीलाई प्रविधिमैत्री र दक्ष बनाउनु अहिलेको आवश्यकता हो,” उनले भने। अनुसन्धानमा ढिलाइको समस्या उनका अनुसार कतिपय मुद्दामा प्रहरीलाई अनुसन्धान गर्न २५ दिनको…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आएका छन्। ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आएका हुन्। हेलिकप्टरमार्फत आएका ओलीले कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गरिरहेका छन्।त्यसपछि उनले धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसपछि भने धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। यस्तै उता एक महिना लामो पोखरा बसाइपछि पूर्वराजा पनि काठमाडौँ फर्किन लागेका छन्। फर्किन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा समर्थकहरु एयरपोर्ट पुगेका छन्। माघ २७ गते पोखरा गएका…
काठमाडौं: सरकारले नेपाल प्रहरी अस्पतालमा कार्यरत डीएसपी डा. कृष्णमणी चापागाईंलाई स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालयले लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। यदि तोकिएको समयमा स्पष्टीकरण नदिए प्रहरी नियमावली, २०७१ को नियम ११३ (च) अनुसार कारबाही गरिने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ। १५ दिन बिदा, तर फर्किएनन् प्रहरी अस्पतालको रेडियोलोजी टेक्नोलोजी शाखामा दरबन्दी भई रेडियोलोजी विभागमा कार्यरत डीएसपी चापागाईंले गत कात्तिक १४ गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराएका थिए। त्यसपछि फेरि १४ दिन थप बिदा लिएर मंसिर २५ गतेसम्म अनुपस्थित भए। तर,…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अघि बढाएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१’ को विरोध चर्किएको छ। विधेयकले सीमित कर्मचारीलाई मात्र फाइदा पुग्ने भन्दै विद्यार्थी संगठनहरू र केही राजनीतिक दलका प्रतिनिधिहरूले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। आज आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आन्दोलनरत विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। सोही क्रममा विद्यार्थीहरू र नेपाली कांग्रेसनिकट तरुण दलबीच सामान्य झडप भएको छ। झडपको कारण के थियो? आन्दोलनरत विद्यार्थीहरूले कांग्रेसले सडकमा राखेका झण्डाहरू हटाएपछि झडप सुरु भएको हो। नेपाली कांग्रेसले सोमबार धनगढीमा हुने प्रदेश सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरूको स्वागत गर्न सहरका मुख्य…
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको मृत्यु भएको छ। गएराति आफ्नै घरमा उनको मृत्यु भएको हो। फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको राति १२ः३० बजे मृत्यु भएको उनको परिवारिक श्रोतले जानकारी दिएको छ। उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनको आजै बेलौरीको भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने जनाएको छ।
काठमाडौं: ज्यान मार्ने उद्योगमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले २० प्रतिशत कैद छुट पाउने भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज त्यस्तो आदेश गरेको हो। मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट माग गर्दै निवेदन दिएका थिए। सो ऐनमा अदालतबाट अन्तिम फैसला भएको ६० दिनभित्र आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। मागबमोजिम छुट पाएपछि मनाङेको कैद सजाय एक वर्ष घट्नेछ। चक्रे मिलनको हात छिन्ने गरी खुँडा हानेको पुरानो घटनामा सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजायको फैसला…
काठमाडौं: नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका जनक भट्टराईलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले २ सातापछि अनिवार्य अवकाश हुने भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यसअघि नै बढुवा समितिले उनलाई बढुवा गर्न सिफारिस गरेको थियो। डीआईजी हुँदा कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका उनलाई एआईजीमा भने रिक्त स्थानमै पदस्थापन गरिएको हो। एआईजी रवीन्द्र केसीले भट्टराईलाई बढुवा गर्नकै लागि माघ २५ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त स्थानमा मन्त्रिपरिषद्ले भट्टराईलाई पदस्थापन गरेको हो। उनलाई बुधबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गरिसकेका छन्।
धनगढी: बैतडीमा गोली प्रहार गरेर भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट समातिएको प्रहरीले जानकारी दियो। गत शनिबार भाइ नाता पर्ने २५ वर्षीय सुरेन्द्र बिष्टको गोली प्रहार गरी हत्या गरे बिष्ट लगत्तै फरार थिए। त्यसपछि उनको खोजी थालिएकोमा आज बिष्टलाई भारत भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। फरार कर्णबहादुरलाई मोबाइलको लोकेशनको आधारमा पक्राउ गर्न प्रहरी सफल भएको हो। लेनदेनका विषयमा विवाद हुँदा उनले गोली हानी सुरेन्द्रको हत्या गरेका थिए। हत्यापछि बन्दुकसहित फरार रहेका बिष्टको खोजीका लागि प्रहरी टोली खटिएको थियो। कर्णबहादुर बिष्टले…