Author: टेकसिंह धामी

धनगढी: कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्। हिजो जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ। तर, उनका दाई गोपाल सेट्टीले भने प्रहरीकै कस्टडीमा आफ्नो भाईको हत्या भएको बताए। उनले प्रहरीले सिसिटिभी पनि लुकाइरहेको दाबी गरे। आफ्नो भाईको स्वास्थ्यमा कुनै समस्या नरहेको पनि उनको भनाई…

Read More

धनगढी: प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन्। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन्। जिप्रका कैलालीमा रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएको बताइएको छ। तर, जोशीले त्यो बेला नबुझेको पदक आज बुझेको बुझिएको छ। यसअघि असोज १० मा जोशी कारबाहीमा पनि परेका थिए। कारबाहीको एक महिना नपुग्दै उनलाई पुरानो पदक दिइएको हो। गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत रहदा जोशीलाई हेडक्वाटर तानिएको थियो। कास्कीको पोखरास्थित मणिपाल अस्पताल प्रकरणमा कमाण्ड सम्हाल्न नसकेको भन्दै डीएसपी जोशीलाई त्यसबेला प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। डीएसपी जोशीलाई त्यहाँबाट तानेर उनको स्थानमा…

Read More

धनगढी: नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। यहीँ असोज २४ गते बुधबारका दिन जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाहरुको चलखेल र रजगज स्पष्ट पारेको छ। बुधबार अघिसम्म नियमित काम गरिरहेका मेसु डा. नवराज जोशीको सट्याकसुटुक बिनाकारण काज फिर्ता गरिएको हो। अस्पताल स्रोतका अनुसार मेडिकल माफिया र औषधि आपूर्तिकर्ताहरुको दबाबमा अस्पतालका चिकित्सकिय सेवा नै बन्द हुनेगरी डाक्टर जोशीको काज फिर्ता गरिएको हो। सुदूरपश्चिमका ठूला मेडिकल माफिया मानिने दुष्यन्त बस्नेत र मुरलीधर जोशीसहितको दबाब र स्वास्थ्य मन्त्रीको सचिवालयको निर्देशनमा मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार डाक्टर जोशीको मन्त्रालयमै काज…

Read More

धनगढी: धनगढीमा एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सईले आफ्नै छोरीमाथि जबर्जस्ति करणीको प्रयास गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका रिटायर्ड सईले आफ्नै छोरीलाई करणी गर्ने प्रयास गरेको भन्दै उजुरी परेको हो। प्रहरी स्रोतका अनुसार आफ्ना अन्दाजी ५० वर्षीय बुवाविरुद्ध अन्दाजी २२ वर्षीया छोरीले करणी प्रयासको आरोपमा उजुरी दिएकी हुन्। अहिले उजुरीपछि पन्त फरार भएको बताइन्छ। घटना १३ गते रातिको भएपनि उजुरी भने आज (मंगलबार) दर्ता भएको हो। काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती घटनाको केही दिनअघिमात्र धनगढी (घर) आएकी थिइन्। बिदामा घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेको प्रहरी स्रोतको दाबी छ। यस्तै…

Read More

धनगढी: प्रेम कति अन्धो हुन्छ, त्यो कञ्चनपुरको एक घटनाले प्रमाणीत गरिदिएको छ। हिजो (शुक्रबार) मात्रै कञ्चनपुरमा घटित सो घटनाले प्रेमको अन्धोपन उजागर गरिदिएको हो। प्रहरी स्रोतका अनुसार हिजो कञ्चनपुरमा कहालीलाग्दो घटना घटेको हो। यानिकी भीमदत्त नगरपालिकामा प्रेमी र प्रेमिकाको एकैदिन मरण भएको छ। अस्तितिर विषादीजन्य पदार्थ (सल्फास) सेवन गरेर अस्पताल भर्ना भएका १८ वर्षीय किशोर खगेन्द्र जाग्रीको मृत्यु भएपछि घटना घटेको हो। प्रहरीका अनुसार हिजो बिहान जाग्रीको महाकाली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। जिल्लाको वेदकोट नगरपालिका स्थायी घर भएका जाग्रीले मृत्युको २ दिनअघि विषादी सेवन गरेको बताइन्छ। अचम्म लाग्दो कुरा त के भने, जाग्रीको मृत्युुलगत्तै उनकी प्रेमिकाले पनि देहत्याग…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा मुलकी अपराध संहिताविपरीत बहुविवाह गर्नेको संख्या प्रशस्तै रहेको पाइएको छ। पछिल्ला केही आर्थिक वर्षको तथ्यांकमात्रै हेर्ने हो भनेपनी मुलुकी अपराध संहिताविपरीत बहुविवाह गर्नेको संख्या प्रशस्तै रहेको पाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले अहिले भने प्रदेशमा बहुविवाहका मुद्दा दर्ता घट्दो क्रममा रहेको जानकारी दिए। उनका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७७/०७८ मा ११० वटा, २०७८/०७९ मा ८१ वटा, २०७९/०८० मा ८० वटा र अहिलेको चालू आर्थिक वर्षको २ महिनाको अवधिमा मात्रै ११ वटा बहुविवाहका मुद्दा प्रहरीमा दर्ता भएका छन्। जसमध्ये सुदूरपश्चिमका ९ जिल्लामा कैलाली र कञ्चनपुरमा बहुविवाह बढ्दो छ। कैलालीमा सबैभन्दा बढी बहुविवाह गर्नेहरु भेटिएकोमा कञ्चनपुर दोस्रो…

Read More

धनगढी: अछाममा नेकपा माओवादी केन्द्रका निर्वाचित जनप्रतिनिधिलाई आफ्नै पार्टीका कर्मचारीविरुद्ध लागेको भन्दै कारबाही सिफारिस गरिएको छ। जिल्लाको रामारोशन गाउँपालिकामा यस्तो भेटिएको हो। त्यहाँका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीको सरुवा प्रकरण पालिकाकी उपाध्यक्षसहित नेकपा माओवादीका पालिका इन्चार्जलाई टाउको दुखाईको विषय बनेको छ। माओवादी समर्थक कर्मचारी रहेका भण्डारीको सरुवा गराउन भूमिका खेलेको भन्दै उपाध्यक्ष सृजना बुढा र माओवादीका सो पालिकाका इन्चार्ज पहल साउदलाई पार्टीभित्र कारबाही थालिएको छ। गत साउन महिनाको ३० गते पालिकाकी उपाध्यक्ष बुढासहितले हस्ताक्षर गर्दै रामारोशन गाउँपालिकामा कार्यरत भण्डारीलाई विभिन्न कारण देखाएर सरुवा गराइदिन भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पत्र लेखेका थिए। त्यसपछि उनको सुदूरपश्चिम प्रदेश…

Read More

धनगढी: कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरका कार्यालय प्रमुख (हाकिम) डिएसपी तुल्सीराम अर्यालको खुसुक्क सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले अर्यालको खुसुक्क सरुवा गरेर बर्दिया पठाएको हो। कमाण्ड सम्हालेको तीन महिना नबित्दै अर्याललाई हेडक्वाटरले टीकापुरबाट जिल्ला प्रहरी कार्यालय बर्दिया पठाएको बताइएको छ। २०८० जेठ २५ गते हाजिर भएका अर्याललाई खेदेजस्तै गरी सरुवा गरेर पठाइएको हो। टीकापुरमा आएपछि शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै विवादमा आएका अर्याललाई तीन महिना पुग्न तीन दिन बाँकी रहँदै बर्दिया फालिएको हो। अहिले अर्यालको स्थानमा नयाँ डिएसपी विश्वराज अधिकारीलाई पठाइएको छ। करिब १५ दिन अघिमात्रै हेडक्वाटरबाट अधिकारीलाई टीकापुर पठाइएको हो। १६ वर्षअघि प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीको…

Read More

धनगढी: एक बिरामीको उपचारकै क्रममा मृत्यु र त्यसपछि अनधिकृत रुपमा सेवा सञ्चालन गरेको भन्दै बन्द गरिएपछि धनगढीको स्वस्तिक अस्पताल विवादमा तानियो। भदौ २६ गते मंगलबारका दिन जिल्ला प्रशासन कार्यालय कैलालीसहितको अनुगमन टोलीले अनधिकृत रुपमा अस्पताल सञ्चालनमा रहेको भन्दै बन्द गराइदिएको थियो। यानिकी सम्बन्धित निकायबाट अनुमति नलिई सेवा सञ्चालन गरिएको पाइएको थियो। त्यसपछि त्यसको अर्को दिन बुधबार अस्पताल बन्द रह्यो। तर, त्यहीँ दिन बन्द भएको केही समयमै स्वस्तिक अस्पताललाई धनगढी उपमहानगरपालिकाले सट्याकसुटुक एक वर्षका लागि १५ शय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको थियो। प्रशासनसहितको टोलीले अनुमति बिनै सञ्चालित भएको भन्दै बन्द गराएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन…

Read More

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेलमा रहेका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल रिहा भएका छन्। बाँके जिल्ला अदालतद्वारा हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएका रिगल आज (बुधबार) रिहा भएका हुन्। सरकारले संविधान दिवसको अवसर पारेर दाङस्थित घोराही कारागारमा रहेका नेपाली काँग्रेस निकट तरुण दलका नेतासमेत रहेका रिगलको कैद माफी मिनाहा गरेपछि उनी छुटेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी रिगलको कैद माफी मिनाहा गरेका हुन्। रिगल छुटेपछि तरुण दल र उनका सहयोगी कार्यकर्ताहरु आज स्वागत गर्न घोराही कारागारमै पुगेका थिए। उनीहरुले जेलबाहिर तरुण दलको झण्डा ओढाएर रिगललाई…

Read More