Author: महेन्द्रनगर पोष्ट

डडेल्धुराः जिल्ला कारागार डडेल्धुराबाट ७ जना कैदीबन्दी रिहा भएका छन्। संविधान दिवसको अवसर पारेर उनीहरुलाई रिहा गरिएको जिल्ला कारागार डडेल्धुराका जेलेर जितेन्द्र ओझाले जानकारी दिए। असल चालचलन भएका तथा ४० देखि ५० प्रतिशत कैद भुक्तान गरिएका कैदीबन्दीलाई रिहा गरिएको उनको भनाइ छ। कर्तव्य ज्यान मुद्वाका २, बहुविवाहका २ तथा गर्भपतन, हातहतियार खरखजना र ज्यान मार्ने उद्योगका एक÷एक कैदीबन्दीलाई रिहा गरिएको ओझाले बताए।

Read More

काठमाडौंः सुन चाँदीको भाउ आज सामान्य घटेको छ आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको । यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

सप्तरी: सप्तरीमा पोखरीमा डुबेर बालकको ज्यान गएको छ। सुनसरीको कोशी गाउँपालिका ५ दूधगतका बिन्देश्‍वर यादवको ८ वर्षीय छोरा आशीष कुमार यादवको डुबेर ज्यान गएको हो। सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठमा आफन्तको घरमा आएका बालक घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका थिए. उपचारका लागि बालकलाई राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच न्यूयोर्कमा भेट भएको छ। मङ्गलबार भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

Read More

कैलाली: कैलालीमा लेनदेनको विषयमा विवाद हुँदा भएको खुकुरी प्रहारबाट एकजना घाइते भएका छन्। जिल्लाको बर्दगोरिया गाउँपालिका-२ का ४७ वर्षीय रुपबहादुर सुनामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। लेनदेनबारे विवाद हुँदा आज(बुधबार) बिहान वडा नम्बर ५ बस्ने ३२ वर्षीय बसन्त साउदले उनीमाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।साउदले सुनारको घरमै गएर झगडा गरेको प्रहरीले बताएको छ। आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइते सुनारलाई उपचारका लागि नेपालगंज लगिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमाथि ड्युटीमै रहेका बेला हातपात भएको छ। जिल्लाको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मीमाथि समूहमा आएका व्यक्तिहरूले हातपात र गालीगलौज गरेका हुन्। गए राती ११ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका अहेब नरेन्द्र प्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको छ। बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने रामबहादुर खड्काले घाइतेको घाउ सफाइ गरिरहेको समयमा गालीगलौज गरी घाँटी च्यापेको उनले बताए। श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले उपलब्ध गराएको सीसीटिभी फुटेजमा सुरक्षाकर्मीकै अगाडि मध्यरातमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि गरिएको दुर्व्यवहार देखिएको छ। फुटेजमा स्वस्थ्यकर्मीको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट लागुऔषध १ ग्राम ९३ मिलीग्राम र प्रिकोनो लेखिएको ट्याब्लेट १० थानसहित सोही नगरपालिका–५ पबित्रा बस्तीका २३ वर्षीय प्रकाश सुनार मंगलबार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले सुनारलाई लागुऔषध र ट्याब्लेटसहित पक्राउ गरेको बताएको छ। 

Read More

कैलाली: संविधान दिवसको अवसरमा टीकापुर घटनाको मुद्दा खेपिरहेका ४ जना कैदीबन्दी रिहा हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना कैदमुक्त हुने भएका हुन्। रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जनाए। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ। यसअघि सो…

Read More

काठमाडौं: आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ। आज बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो बसको उद्घाटन गर्नेछन्। त्यसपछि मन्त्री ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्। संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाएको छ। आज उद्घाटन हुने र भोलिबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले बताए। पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई…

Read More

काठमाडौं: सरकारले सुदूरपश्चिममा एक हजार २५९ झोलुङ्गे पुल निर्माण गरेको छ। पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो। पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दुरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ। सोही लक्ष्य अनुसार सरकारले पहाडी जिल्लामा तरितराउलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। १२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन्।

Read More