Author: महेन्द्रनगर पोष्ट

बझाङ: बझाङको मष्टामा दुई बालिकामाथि बलात्कार भएको छ । मष्टा गाउँपालिका-१ रनाडा रुपदेउली टोलमा दुई बालिकालाई तीन जना किशोरले जबरजस्ती करणी गरेको बताइएको छ । प्रहरीका अनुसार आरोपित तीनै जना फरार छन् । पीडित बालिकाहरुलाई भने जिल्ला प्रहरी कार्यालयको महिला सेलमा राखिएको छ । यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई सरस्वति मावि हातामा बोलाई कक्षा कोठामा जबरजस्ती करणी गरेको पीडित बालिकाका आफन्तले बताएका छन् । दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ । प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको बताउँदै उनीहरुले किशोरहरुलाई लुकाउनमा प्रहरीसमेत संलग्न रहेको आरोप लगाएका छन्…

Read More

धनगढी: सुदूरपश्चिमका संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन भएको छ। आज (शुक्रबार) १०२ वर्षीय पन्तको निधन भएको हो। डडेल्धुरा पुर्ख्यौली घर भएका पन्त हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बस्दै आएका थिए। जनैपूणिर्माको दिनबाट शास्त्रीय देहत्यागका लागि अन्न र जल त्याग गरेका पन्तको आज निधन भएको हो।

Read More

धनगढीः हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सक संघ धनगढीले विज्ञप्ति निकालेको छ । नेपाल सिकित्सक संघ सुदूरपश्चिम प्रदेश शाखा धनगढीले विज्ञप्ति नै जारी गरेर विभिन्न ७ बुँदे मागसहित विरोधमा उत्रिएको हो । धवार हेटौँडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि एक समूहले कुटपिट गरेको थियो ।

Read More

धनगढी: नेपालमा विद्युतीय सवारी प्रयोग सुरु भएको झण्डै एक दशक भयो । अहिले विद्युतीय सवारी साधनको प्रयोग नीजि, सार्वजनिक सवारी तथा ढुवानीको लागि समेत प्रयोग भएको पाइन्छ । पेशाले चिकित्सक रहेका निरज अर्याल विगत २ वर्षदेखि विद्युतीय सवारी प्रयोग गर्छन् । प्रदुषणमुक्त, वातावरणमैत्री रहेको विद्युतीय सवारी मर्मत खर्च पनि नहुने गरेको उनी बताउँछन् । धनगढीमा २०७८ बाट विद्युतीय गाडी बिक्री सुरु गरेको नवदुर्गा टेक्नोलोजिले हालसम्म ३५ गाडी बिक्री गरेको प्रबन्धक प्रदीप जोशीले बताए । अहिले गाडी किन्न आउने ग्राहकहरु ९५ प्रतिशतले विद्युतीय सवारी नै रोज्ने गरेको उनले बताए । निजी प्रयोग सँगै सार्वजनिक सवारीको रुपमा प्रयोग हुने सवारी प्रयोग गर्न…

Read More

कञ्चनपुर: कञ्चनपुरमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। च्याउँ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गएकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाको गैडाको आक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको हो। उनीसँगै गएका अन्य दुई जना महिलाले भने भागेर ज्यान जोगाएकी छिन्।

Read More

काठमाडौं: नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले यौन शोषणको आरोप लागेको छ। विभिन्न प्रलोभन देखाएर उनले एक महिलामाथि विगत ३ वर्षदेखि यौन शोषण गर्दै आएका पीडित महिलाले बताएकी छन्। चिनजानकी एक दिदीमार्फत सन् २०१९ मा कृष्णमान प्रधानसँग परिचय भएको ती महिलाले बताइन्। उनले आईएनजीओमा जागिर लगाइदिने तथा सबै गरिदिन्छु भन्दै जिन्दगीभर श्रीमती जस्तै बनाएर राख्ने प्रलोभन देखाएको महिलाले बताइन्। प्रधानले यसरी निरन्तर आफूलाई यौन शोषण गरिरहने महिलाको भनाई छ। कृष्णमानले नेपाल कानून समाजकै कार्यालयमा जागिर लगाएर त्यहाँ पनि ५ महिनासम्म यौन शोषण गरेको महिला बताउँछिन्। तर, विभिन्न जालझेल गरेर कृष्णले आफूमाथि गरेको शोषणका प्रमाण मेटाइएको उनको दाबी छ। मोबाइलमा…

Read More

कैलाली: कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ । जिल्लामा दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी सो सङ्ख्यामा उद्योग रहेका छन् । बर्सेनि उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन भने सकेका छैनन् । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रियालगायतका कारणले जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालन गर्न कठिनाइ…

Read More

प्रिय जीन्दगी,आफैले आफैलाई चिन्न नसकेको हो कि ?नजिरले यस्तो बनाएको ?हिंड्दै जाँदा पैतालाका चालहरुलेछ्ल गर्दा, म डगमगाइन,यहाँ जीन्दगीले तछाड मछाड गर्दा पनिमेरो यो अन्तर मनमा आरिष छैनदुनियाले मेरै कुरा काटोसमेरै खुट्टा तानोस,मै माथि खनियोसदुनियाँ मेरै सिरमाथि कफ्फन बाँधेरबस्दासम्म म नथाक्ने बनेको छु । हिंड्दै गर्दा कति ठेस लागे, लाग्छन्ती ठक्करहरुलाई नकुल्चिन,नखोजेको पनि त होइनजीन्दगीलाई सफल बनाउन,भनि हिंडेको एक पात्र हुँ मसिकारुको मन्त्र बोक्दै अगाडिलम्किने एक जुझारुको महिमा खोज्दैलक्ष्यको बाटोतर्फ लम्किन खोज्नेएक पथयात्री हुँ मगन्तव्यको अनुभूति के हो ?अझै बुझेको छैनलक्ष्य ध्येय के हो अझै स्विकार्न सकिएन यो बोझ भएको भारीलाईअन्तरमले पन्छ्याउन नखोजेकोन रोजेको पनि होइन,मेरा क्षितीजका पाटा कति होलान्मैले खन्दै…

Read More

कञ्चनपुर: कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन्। सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। “बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि पालो मिलाएर खटिएका छौँ”, उनले भने। वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि संलग्नहरू फेला नपरेकाले खोजीकार्य भइरहेको उनको भनाइ छ। चुरेक्षेत्र…

Read More

एजेन्सी: खानाको बारेमा विवाद हुँदा एक महिलाले आफ्नै श्रीमानमाथि छुरा प्रहार गरेकि छिन्। घटना भारतस्थित उत्तर प्रदेशमा पर्ने भारत नगरको पिपल अड्डाको हो। जहाँ विनीत शर्मा दिनभर काम गरेर बुधबार साँझ ७ः३० बजे घर पुगेका थिए। उनले आफ्नी श्रीमती मोहिनीलाई अण्डाको करी बनाउन भने। यही विषयलाई लिएर श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। आक्रमणमा परी घाइते भएका श्रीमानलाई अस्पताल भर्ना गरिएको छ। अहिले उनको अवस्था खतरामुक्त छ। घटनाको बारेमा कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।

Read More