Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्त प्रर्दशनमा उत्रिएका छन्। पत्थरीको शल्यक्रियापछि उच्च रक्तश्राव भएर डाक्टरले मिर्गौला निकालेपछि कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन्। उनीहरुले धनगढीको शहीद गेटमा सडकमा अवरोध सिर्जना गर्दै सवारीसाधन चल्न दिएका छैनन्। चौधरीको उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरु प्रर्दशनमा उत्रिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले पीडित पक्षले उठाएका मागका सम्बन्धमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको जानकारी प्राप्त भएको बताए। स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार स्वस्तिक कार्डियो…

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन् । निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो सङ्ख्या हो । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन् । तीर्थमानकली, हिमानीकली, चितवनकली, तमरकली, लोकतन्त्रकली र ऐश्वर्यमालाकलीले बच्चा जन्माएका उनले बताए । गण्डकीकलीलेसमेत बच्चा जन्माएको जनाउँदै चौधरीले उक्त बच्चा बचाउन नसकिएको जानकारी दिए । गत आवमा यहाँका तीन हात्ती शुक्लाफाँटा पठाइएकोमध्ये नारायणीकलीले शुक्लाफाँटा पुगेर बच्चा जन्माएको थियो । चौधरीले भने, “हाम्रा यहाँका हात्तीका नौ बच्चा जन्मिएका हुन् । एउटा…

Read More

दार्चुला: दार्चुलामा चक्कुले हानेर एकल वृद्धाको हत्या गरिएको पाइएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८५ वर्षीया भागरथी चन्दलाई चक्कुले हानेर हत्या गरिएको पाइएको हो । उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ । टोपालीस्थित घरमा एक्लै बस्दै आएकी उनी शनिबारदेखि सम्पर्कविहीन भएपछि आफन्तले आइतबार प्रहरीमा निवेदन दिएका थिए । वृद्धाको शव सोमबार घरभन्दा २ सय मिटर पर खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । हत्याको कारण र संलग्नको पहिचान खुलेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ । अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् । घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ । पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ ।

Read More

काठमाडौँ: नेपाली सेनाका एक जना गुल्मपति बेपत्ता भएका छन् । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डित हिजोदेखि सम्पर्कविहीन भएका हुन् । हिजो अपराह्न साढे चार बजे इभिनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए । आफ्ना सुरक्षा गार्डलाई समेत ’तँ नआइज,आज म एक्लै जान्छु’ भनेर फर्काएका पण्डित झण्डै २४ घण्टासम्म बेखबर भएको घटनाले आशंका उब्जाएको त्यहाँका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए । पण्डित हराएको पुष्टि गरेका डोल्पाका सिडियो भुमिश्वर पोखरेलले खोजविन भइरहेको जानकारी दिएका छन् । आज बिहानसम्म त्रिपुरातर्फ गएको भन्ने जानकारी प्राप्त भएको र खोजी कार्य त्यतै केन्द्रित गरिएको उनले बताए ।

Read More

धनगढी: धनगढीको स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । बिरामीको मृत्युपछि डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनको क्रममा मृत्यु भएको थियो । उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टरविरुद्ध उजुरीको तयारी गरेका छन् ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँबाट सोही ठाउँका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापा रहेका छन् । उनीहरुलाई १ ग्राम २४ मिलिग्राम लागुऔषध र ८ वटा लागुऔषध ओपिडल क्याप्सुलसहित अस्थायी प्रहरी पोष्ट जुगेडाको टोलीले पक्राउ गरेको बताइएको छ ।

Read More

काठमाडौँ: सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताए । उनले भने, “विभिन्न सरोकारवालाका सुझावअनुरुप सरल खरिद कार्यविधि र नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो ।” सचिव रेग्मीले खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको…

Read More

काठमाडौँ: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए…

Read More

धनगढीः धनगढीको स्वस्तिक अस्पतालमा मृगौलाको पत्थरीको शल्यक्रिया गरेका एक जनाको मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको अस्पतालले जनाएको छ । चौधरीको अस्पतालले शल्यक्रिया गरेर बाँया मृगौलामा जमेको ११ एमएम र ९ एमएमका दुई वटा स्टोन निकालेको थियो । सोही क्रममा अत्यधिक रक्तश्राव भएको थियो । रक्तश्राव नरोकिएपछि अस्पतालका जर्नल सर्जन डाक्टर जोनस तिवारीले मृतकका परिवारलाई मृगौला झिक्नुपर्ने बताएका थिए । मृतकका भतिजा राजकुमार चौधरीले डाक्टरले मृगौला चाहिन्छ की मान्छेको ज्यान भनेपछि आफूूहरुले मृगौला झिकेर भएपनि ज्यान जोगाइदिन आग्रह गरेको बताए तर डाक्टरले मृगौला निकालेपछि भने मृत्युको खबर सुनाएको…

Read More