Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा थप ९ जना समातिएका छन्। दोस्रो चरणको अनुसन्धानमा सो तस्करीमा जोडिएका केही भारतीय नागरिकसहित ९ जना समातिएका हुन्। सीआईबीका अनुसार पक्राउ परेका नौमध्ये चारजना भारतीय सुन व्यवसायी छन्।सरकारद्वारा गठित सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले दोस्रो चरणको अनुसन्धान थालेको थियो। त्यही क्रममा पक्राउ परेकाहरूमध्ये चार जान भारतीय सुन कारोबारी छन्। सुन पसलका मालिक उनीहरूलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा भारत गुजरातका बैजनाथ महादत्त गोयल, प्रशान्त गणेश वजवलकर, भारत महाराष्ट्रका सिद्धार्थ भन्ने सिद्धनाथ अशेक गायकवाड, सोहीका दिनेश भन्ने धिरज दिनेश वैटे छन्। त्यस्तै सुन तस्करी प्रकरणमा पक्राउ परेका…

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाइएको प्राधिकरणले जनाएको छ। उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘गा्रउन्डेड’ गरिएको जानकारी गराएको छ। पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन्। त्यस्तै, लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन्।

Read More

काठमाडौं : जुम्लामा नेपाल प्रहरीका एक असईको भिरबाट लडेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) दिपक पोखरेलको ड्युटीको क्रममा भीरबाट लडेर मृत्यु भएको हो। सिम्ता गाउँपालिका ६ जामुनेबजारका पोखरेल रात्री गस्तीमा थिए। सोही क्रममा बिहान चार बजेतिर भिरबाट लड्का मृत्यु भएको जनाइएको छ।

Read More

धनगढी: कञ्चनपुरकी एक युवतीको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको छ। आज सोमबार (बिहान) १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का नरेश महराकी पत्नी २४ वर्षीया सुमित्रा महराको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार उनले हिजो घरमै सल्पास सेवन गरेकी थिइन्। त्यसपछि उनलाई अस्पतालमा ल्याइएकोमा मृत्यु भएको हो। उनले सल्पास सेवन गर्नुको कारण भने खुलेको छैन। घरमा उनका २ वर्षीय छोरा छन् भने मृतकको आजै दाहसंस्कार गरिएको बताइएको छ।

Read More

धनगढी: डडेल्धुरा सदरमुकामस्थित ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरिएको छ। सोमबार एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र नेपाली सेनाको २५ नम्बर बाहिनी कञ्चनपुरका बाहिनीपति सहायकरथी मनोज थापाले संयुक्तरूपमा बडाकाजी थापाको धातुनिर्मित सालिकको अनावरण गरेका हुन्। थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो। यसअघि किल्लामा राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने धेरैले गुनासो गरेपछि नयाँ सालिक राखिएको नगरप्रमुख जोशीले बताए। उनका अनुसार थापाको गोरखा जिल्लामा रहेको सालिकजस्तै यहाँ पनि राखिएको हो। नगरपालिकाको झण्डै एक वर्षको प्रयासपछि अहिले किल्लामा नयाँ सालिक राख्न सफल भएको उनले बताए। उनले…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ।सङ्घीय सरकारले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याएकोमा संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउने गरेका छन्। सोही अनुसार सुदूरपश्चिम सरकारले पनि बजेटको तयारी तीव्र पारेको छ। सुदूरपश्चिम सरकारमा हाल अर्थमन्त्री नभएको र सो मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले नै सम्हालिरहेका बेला बजेट ल्याउन लागिएको हो। सरकार विस्तारमा ढिलाई हुँदै गएकाले मुख्यमन्त्रीले नै बजेट ल्याउने सम्भावना बढेर गएको छ। तथापी केही दिनमै सरकार विस्तार हुनसक्ने पनि बताइएको छ। विगतका वर्षजस्तै यसपाली पनि बजेटको चटारोमा धनगढीका होटलहरु खचाखच भरिएका छन्। प्रदेश सरकारले ल्याउन लागेको बजेटमा…

Read More

धनगढी : बाजुराको बडिमालिका नगरपालिकाअन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज नदीमै थन्किएको छ । पक्की पुल निर्माण भएको तीन वर्ष पुग्न लाग्दासम्म पनि अन्य ठाउँमा सार्न पहल नहुँदा नदीमै पुल थन्किएको हो । जडाङ्गको बूढीगंगा नदीमा दुईवटा गाडी गुड्ने पुल छन् । तर जिल्लाका अरू सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन । बाजुराको मार्तडी–कोल्टी सडकखण्डका तीन ठूला नदी र काँडा–आटिचौर–मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुँदा वर्षातमा यातायात पूर्ण रूपमा ठप्प हुन्छ । जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानीयले माग राखे पनि अन्यत्र लैजाने अहिलेसम्म कुनै योजना बनेको छैन । उक्त पुल सडक विभागको…

Read More

काठमाडौँ : ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूमाथि १ अर्ब ४ करोड बिगो मागदाबीसहितको आरोपपत्र दायर भएको छ। उक्त अनियमितताको आरोपमा सोमबार ५ वटा मुद्दा पेस भएको छ। उनीहरूविरुछ राज्यलाई हानीनोक्सानी गरेर खानीलाई फाइदा पुर्‍याएको आरोप छ।

Read More

काठमाडौं : नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहको भारतको राजधानी नयाँ दिल्लीमा प्रोस्टेटको अपरेसन गरिएको छ । अपरेसनका लागि सिंह अस्ति दिउँसो नेपाल वायुसेवा निगमको उडानमा त्यता गएका थिए । सिंहको प्रोस्टेट अपरेसन फोर्टिस अस्पतालमा गरिएको सिंह निकट स्रोतले बताएको छ । उनको प्रोस्टेटमा समस्या देखिएपछि केही समयअघि नयाँ दिल्लीको अस्पतालमा गरिएको परीक्षणमा पहिलो चरणको क्यान्सर पुष्टि भएको स्रोतको दाबी छ ।

Read More

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ राम जानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने १९ वर्षीय रमेश चौधरी र घोडाघोडी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकास चौधरी ८० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ परेका हुन्। यस्तै टीकापुर नगरपालिका-१ रिगल चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय बिपिन साउद ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ परेका हुन्। तीनै जनालाई आइतवार लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More