काठमाडौं : इजरायलले ७ अक्टोबरमा इजरायलमाथि आक्रमणको योजना बनाउन सहयोग गर्ने हमास कमाण्डर मारिएको जनाएको छ। इजरायली सेनाले आफ्नो लडाकु विमानको आक्रमणमा हमास एरिएल आरे प्रमुख असेम अबु रकबा मारिएको दाबी गरेको हो। इजरायली सेनाले उनी युएभी, ड्रोन तथा प्याराग्लाइडिङबाट इजरायलमा गरिएको आक्रमणको प्रमुख योजनाकार रहेको बताएको छ। यसअघि पनि उनी इजरायली भूमिमा आश्चर्यजनक आक्रमणमा सक्रिय रहेको बताइएको छ। इजरायलको यो दाबीबारे हमासले कुनै प्रतिक्रिया जनाइसकेको छैन। यसैबीच अमेरिकाको न्युयोर्कस्थित ग्राण्ड सेन्ट्रल स्टेशनमा इजरायल हमास युद्धविरोधी प्रदर्शनमा सहभागी भएका २ सयभन्दा बढी गिरफ्तार भएका छन्। जेविस भ्वाइस फर पीस नामको संस्थाले आयोजना गरेको प्रदर्शनमा सहभागीले तत्काल युद्धविराम गर्न र प्यालेस्टाइनीहरुलाई…
Author: महेन्द्रनगर पोष्ट
बैतडी : बैतडीमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत पाटन नगरपालिका– ५ स्याडीखोलमा पाटनबाट मेलौलीतर्फ गइरहेको सामान बोक्ने सु.प.प्र.०२ ००१ च ८४१ नम्बरको जीप र मेलौलीबाट पाटनतर्फ आइरहेको म२प ६९१६ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। दुवै सवारी साधन एकआपसमा ठोक्किँदा मोटर साइकल चालक मेलौली नगरपालिका–६ का २१ वर्षीय नरेन्द्र भट्ट गम्भीर घाइते भएका प्रहरी निरीक्षक खत्रीले बताए। उनकाअनुसार घाइते भट्टको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ। जीप चालक डडेल्धुराको भागेश्वर गाउँपालिका-३ का भुवन जोरा र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ : आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ। समितिका अनुसार चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ। ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख…
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए। लामिछानेले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्नसक्छौँ गर भन्ने चुनौति दिएको समेत बताए। उनले आउने चुनावमा कुनैपनि दललाई एकसिट पनि जित्न नदिने बताए। ‘भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्’ उनले भने, ‘तपाईहरुको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ। चर्को बोल्नुपर्छ…
डोटी: डोटीमा नवजात शिशुको शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका- ६ तिलतालिमा सेती नदीमा एक नवजात शिशुको बेवारिसे शव फेलन परेको हो। बिहीबार बेलुका ५ बजेकाे समयमा सेती नदीमा पानी जमेको ठाउँमा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिए। बिष्टका अनुसार शिशुको उमेर ८/९ महिनाकाे जस्तो छ। नवजात शिशु कसले किन र किन फालेकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ। शिशुको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल डाेटीमा राखिएको छ।
काठमाडौँ: संयुक्त राष्ट्रसंघको महासभामा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध रोक्ने प्रस्ताव पारित भएको छ। नेपालसहित १२० राष्ट्र प्रस्तावको पक्षमा उभिए भने इजरायल, अमेरिका, अष्ट्रिया, हंगेरीलगायत १४ देशले विपक्षमा मतदान गरे। यस्तै, भारतसहित ४५ देश मतदानमा सहभागी नभइ तटस्थ बसेका छन्। इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएसँगै शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान समेत गरिएको छ। राष्ट्रसंघीय महासभाको विशेष सत्रमा जोर्डनले युद्धविरामसम्बन्धी प्रस्ताव ल्याएको थियो। न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताएका थिए।
धनगढी : युरोपियन लिगहरू खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्नेलाई दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रूपमा सेनेगल डियाग्नेलाई अनुबन्धित गरेकाे जनाएको हो। यसअघि धनगढी एफसीले नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ। यूरोपको विभिन्न चर्चित क्लबहरूबाट खेलिसकेका ३४ वर्षीय डियाग्नेले गत वर्ष चेन्नाईन एफसीबाट भारतको पहिलो श्रेणीको लिग इन्डियन सुपर लिगसमेत खेलेका थिए। सन् २०१६ मा केप भर्डविरुद्धको खेलमा सेनेगल राष्ट्रिय टिमका लागि डेब्यु गरेका डियाग्नेले ४…
धनगढी : मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी तीन छोराछोरी र आमाको हत्याको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली घटनास्थलमा पुगेको छ। मुगु प्रहरीले शुक्रबारदेखि सिल गरेर राखेको घटनास्थलमा प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र कोहलपुरबाट मुगुका लागि हिडेको कुकुरसहितको टोली घटनास्थलमा पु्गिसकेको हो। अहिले अनुसन्धान भइरहेको मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो। उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको बताइएको छ। घटनास्थल रक्ताम्य रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीको छ…
काठमाडौं : जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई निलम्बनमा परेका छ्न्। रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो। उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए। भट्टराईको ठाउँमा हुम्ला प्रहरी प्रमुखको रुपमा रवीन्द्र खनाललाई पठाइएको छ। डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन्। २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो।
काठमाडौं : दक्षिण कोरियास्थित नेपाली दूतावासले सांस्कृतिक कार्यक्रमका लागि त्यहाँ रहेका नेपाली समुदायसँग आर्थिक सहयोग मागेको छ। आज दक्षिण कोरियाको राजधानी सिओलमा हुने ‘नेपाल–कोरिया कल्चरल इभेन्ट’ का लागि निम्तासहित दूतावासले त्यहाँ रहेका ९ वटा नेपाली समुदायका संगठनसँग सहयोग रकम मागेको हो । दूतावासका मिनिष्टर काउन्सेलर पुष्पराज भट्टराईका अनुसार, कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। दूतावासले आर्थिक सहयोग मागेको विषयमा कतिपयले आलोचनासमेत गरेका छन्। दूतावासको आधिकारिक लेटर हेडमा गरिएको निम्तामै सहयोग मागेकोप्रति धेरैले रोष प्रकट गरेका छन्।