Author: महेन्द्रनगर पोष्ट

धनगढी: राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशकाे पहिलो अधिवेशन अगामी असाेजमा हुने भएकाे छ। मंगलबार धनगढीमा सम्पन्न भएकाे राष्ट्रिय युवा संघको प्रदेशकाे चाैँथाे बैठकले असाेज ३ र ४ गते अधिवेशन गर्ने निर्णय गरेकाे संयाेजक भरत मल्लले जानकारी दिए। अधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्नेछ। अहिले मल्लकाे संयाेजकत्वमा आयाेजक कमिटि रहेकाे छ।

Read More

कैलाली: माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ। माओवादीले सुरु गर्न लागेको तीन महिने अभियानको लागि जिम्मेवारी तोकिएको हो। जस अनुसार खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाटलाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिइएको छ। व्यवस्थापनमा भट्टसहित हरिराम चौधरी, त्रिलोचन भट्ट, झपट साउद र रमेश सिंह धामी छन् भने प्रचार प्रसारमा भाट सहित दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ छन्।

Read More

बैतडी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बैतडीका सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। यसअघि ती स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम गर्दै आएका थिए। सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुशीलकुमार साह र पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्ज्वल आनन्दलाई खटाइएको छ। यस्तै दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गजेन्द्रप्रसाद…

Read More

कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ। केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो। नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी गरेको हो। ३८ दिनदेखिको तालाबन्दीले विश्वविद्यालयका कामकाज प्रभावित भएका छन्। विश्वविद्यालयको कार्यकारी परिषद्बाट विभिन्न आङ्गिक क्याम्पसमा तथा केन्द्रीय विभागमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ। एमाले निकट…

Read More

नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति जो बाइडेन जी २० शिखर सम्मेलनमा भाग लिन भारत आउने भएका छन्। सेप्टेम्बर ७ देखि १० सम्म बाइडेन भारतमा रहने छन्। ह्वाइट हाउसले मंगलबार भ्रमणको घोषणा गरेको र यस क्रममा बाइडेनले रुस–युक्रेन युद्धको प्रभावलगायत धेरै विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्ने बताइएको छ। ह्वाइट हाउसका अनुसार उनको मुख्य ध्यान गरिबी र जलवायु परिवर्तनसँग जुध्ने चुनौतीसँग लड्न बहुपक्षीय विकास बैंक (एमडीबी) को सुधारमा केन्द्रित हुनेछ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भ्रमणको सन्दर्भमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति बाइडेनले जी–२० देशसँग विश्वव्यापी समस्या समाधानका लागि संयुक्त प्रयासबारे छलफल गर्ने छन्। छलफल हुने विषयहरूमा स्वच्छ ऊर्जा, जलवायु परिवर्तनसँग…

Read More

काठमाडौँ: गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयले सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो। मन्त्रालयले सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएको हो। कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहँदा…

Read More

काठमाडौँ: नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो। केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ। यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ।   नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले पत्रकार सम्मेलन गरी रोगबारे जानकारी गराएको हो। कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीका अनुसार ‘पानामा’ (टिआर–४) केरामा लाग्ने एक प्रकारको रोग हो र नेपालमा यो पहिलो पटक फेला परेको हो। टीकापुरका नौजना कृषकको केराखेतीमध्ये चारवटा खेतीमा चारदेखि ५० प्रतिशतसम्म बोटमा पानामा संक्रमण देखिएको केन्द्रले जनाएको छ। खासगरी…

Read More

काठमाडौँ: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ। मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो। पिताको निधनको जानकारी दिँदै मन्त्री किराँतीले आफू पूर्ण रूपमा टुहुरो भएको उल्लेख गरेका छन्।

Read More

कैलाली: सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधन लगायत सुविधा बढाउन नियमावली संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो। नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ। मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुसीराम डङ्गौरा थारू, प्रकाश रावल, खेमादेवी विष्ट र डा. ताराप्रसाद जोशी रहेका छन्।

Read More

काठमाडौं: कालीमाटी तरकारी बजारमा भारतको प्याज आउन छोडेको छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै कालीमाटीमा भारतको प्याज आउन छोडेको हो ।  आइतवार रातिदेखि नै कालीमाटीमा भारतीय प्याज भित्रिएको छैन । सामान्य अवस्थामा भारतबाट दैनिक एक सय टन प्याज भित्रिँदै आएको थियो ।  भारबाट भित्रिन छाडेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै हटाएको छ । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुुल लगाएको थियो । उक्त महसुुल  २१  डिसेम्बर  २०२३  सम्म  लागु  हुने  भनिएको छ । भारत  सरकारले  आफ्ना  नागरिकलाई  राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय…

Read More