Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: तत्कालीन गृहमन्त्री रवि लामिछाने घर गएर नयाँ गृहमन्त्रीको रुपमा नेपाली काँग्रेसका रमेश लेखक आएपछि प्रहरीमा पनि विभिन्न परिवर्तनहरु भैरहेका छन्। आएकै दिनदेखि गृहमन्त्री लेखकले धमाधम काज सरुवा गरिरहेका छन्। उनले अहिलेसम्म विभिन्न स्थानमा पार्टी निकट इन्सपेक्टरदेखि एसपीसम्म काजमा पठाइसकेका छन्। त्यसकै सिलसिलामा उनले अब केही एसएसपी, डिआईजी र एआईजी पनि चलाउने तयारी गरेका छन्। स्रोतका अनुसार गृहले हाल बिशेष ब्यूरोमा कार्यरत डिआईजी डा. मनोज केसी, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी बसन्त रजौरे र सिआइबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई हटाउने तयारी गरेको हो। उनीहरूको सरुवाको तयारी भइरहेको स्रोतको दाबी छ। यस अगाडि उनीहरूलाई गृहमन्त्री लामिछानेले जिम्मेवारी दिएका थिए। त्यसबेला उनले…

Read More

धनगढी : भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँसहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ। दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारुसहित पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् । गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ । हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए । लामो समयदेखि उक्त…

Read More

काठमाडौं: काठमाडौंको महाराजगञ्ज वृत्तमा नयाँ डीएसपी पठाइएका छन्। त्यहाँ कार्यरत अमर थापा क्षेत्री मिसनमा जाने भएपछि उनको ठाउँमा नयाँ डीएसपी रबिन्द्र पौडेल गएका हुन्। उनको काज सरुवा गरिएको बताइएको छ। थापा यूएन शान्ति मिसनमा जाने भएपछि उनको काज सरुवा भएको हो।

Read More

काठमाडौँ : यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो। साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर…

Read More

धनगढी : अविरल वर्षाका कारण तीन सातादेखि मोल्टी–मार्तडी सडकखण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । असार दोस्रो साताबाट निरन्तरको वर्षाले मार्तडी–कोल्टी सडक पूर्ण रूपमा बन्द छ । सडक बन्द हुँदा बाजुराको पूर्वी–उत्तरी भेगमा पर्ने चारवटा स्थानीय तह र हुम्ला, मुगु, कालिकोट, जुम्लाका नागरिकले कष्टकर यात्रा गर्नुपरेको छ । बाजुराको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको कोल्टी बजारबाट जिल्ला सदरमुकाम मार्तडीसम्म ४२ किलोमिटर छ । यात्रुहरूले मार्तडी र कोल्टी जान तीन ठाउँमा जिप परिवर्तन गर्नुपर्ने अवस्था रहेको स्थानीय बलबहादुर रोकायाले बताए । ‘४२ किलोमिटर सडकमा तीन ठाउँमा जिप परिवर्तन गर्नुपर्ने अवस्था छँदै छ । यात्रुहरूले जिप व्यवसायीलाई चर्को भाडा तिर्नुपर्ने बाध्यता…

Read More

धनगढी : १८ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ । हाल मूल नहर…

Read More

धनगढी : कञ्चनपुरमा २ जना मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४ बडुवाल टोलका अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ। यस्तै कृष्णपुर नगरपालिका–६ गजरौलाका ६७ वर्षीय कृष्ण लुहार मृत फेला परेका छन्। लुहारको शवलाई सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिको प्रहरीले जनाएको छ। दुबै शव बिहीवार फेला परेका हुन्।

Read More

काठमाडौं: गृहमन्त्री रमेश लेखकको पहलमा स्वास्थ्य सेवा विभागले कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालका लागि स्वास्थ्य सामग्री पठाएको छ। भीमदत्त नगरपालिकाकी उपमेयर निलम लेखक जोशीले आफूसमेतको सक्रियतामा संघीय स्वास्थ्य मन्त्रालय एवं स्वास्थ्य सेवा विभागले करिब एक करोड ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको बताइन्। पछिल्लो सयम कञ्चनपुरमा परेको अविरल वर्षाका कारण डुबानमा परेको र केही स्थानीय विस्थापित भएका थिए। उनीहरूलाई स्वास्थ्य समास्या हुन सक्ने भन्दै सरकारले स्वास्थ्य सामग्री पठाएको हो।

Read More

धनगढी: सुदूरपश्चिम सरकार ढल्ने पक्कापक्की भएपछि मुख्यमन्त्रीले अनेक हतकन्डा अपनाएका छन्। पहिले मन्त्रालय फुटाएका मुख्यमन्त्रीले पुनः मन्त्रालय घटाएका छन्। अस्तितिर सत्ता जोगाउनकै लागि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय विभाजन गरेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले एक महिनामै मन्त्रालयको संख्या पुरानै कायम गरेका हुन्। विपक्षीले भने राजीनामा दिन छोडेर मन्त्रीमण्डलतर्फ केन्द्रित हुनुलाई मुख्यमन्त्रीको कदम हास्यास्पद भएको भनेका छन्। जबकी वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका सोडारीले भागबन्डा मिलाउन जेठ २८ गते एकैसाथ ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। ७ मन्त्रालयमा १० मन्त्री भएपछि मुख्यमन्त्री सोडारीले असार १६ गते प्रदेशका मन्त्रालयहरू विभाजन गरेर उनीहरुको जिम्मेवारी तोके। मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय,…

Read More