Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : आज (बुधबार) रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेस्टीको कल साइन ९एन—एजेडी हेलिकप्टर नुवाकोटस्थित शिवपुरी गुर्जे भञ्ज्याङ नजिकै दुर्घटना भएको छ । उक्त हेलिकोप्टरमा सवार चार जनाको मृत्यु भएको जनाइएको छ । १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो । हेलिकोप्टरमा चार जना चिनिया नागरिक रहेको खुलेको छ । उनीहरू जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उक्त हेलिकोप्टर अरुण मल्लले उडाएका थिए । मल्ल यसअघि पनि दुर्घटनामा परिसकेका पाइलट हुन् । २०७० असोज १० गते काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको…

Read More

काठमाडौँ : बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

Read More

काठमाडौँ : नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा परेर ४ जनाकोे मृत्यु भएको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। ‘दुई पुरुष एक महिला र एकजनाकोे चिन्न नसक्ने अवस्थाको शव प्रहरीले निकालेको छ,’ एसपी कोइरालाले भने, ‘अन्यको उद्धार कार्य जारी छ।’ घटनाबारे थप विवरण आउने क्रम जारी छ।

Read More

धनगढी : कैलालीमा अवैध भन्सार छलि गरि ल्याइएका विभिन्न सामानहरू प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार जिल्लाका विभिन्न स्थानहरूबाट अन्दाजी मूल्य १ लाख २३ हजार ७२० रुपयाँ बराबरको सामान बरामद गरेको छ । प्रहरीले कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ खैरीपुर, भजनी नगरपालिका ५ लालबोझी, कैलारी गाउँपालिका ५ पबेरा र मोहनपुरबाट वेवारिसे अवस्थामा रहेका सामानहरू बरामद गरेको हो। बरामद गरिएका सामानहरूमा प्याज, चिनी, दाल, केराउ, खाने तेल, सुर्ती, चप्पल, पानीपुरी, सिलिङ पंखाको ब्याट्री, औषधि, खुर्सानी लगायतका वस्तुहरू रहेका छन्। प्रहरीले यी सामानहरू अबैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएको जनाएको छ। प्रहरीले आवश्यक कानूनी प्रक्रिया पुरा गरी…

Read More

धनगढी : कैलाली र कञ्चनपुर जिल्लाबाट प्रहरीले अवैध लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ। कैलाली जिल्लाको टिकापुर नगरपालिकामा इलाका प्रहरी कार्यालय टिकापुरको टोलीले विशेष सूचनाको आधारमा मंगलबार दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाका २२ वर्षीय अमित थारु र २४ वर्षीय किशोर गिरी रहेका छन्। उनीहरूको साथबाट २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ। त्यस्तै, कञ्चनपुर जिल्लामा पनि लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय रैकवारको संयुक्त टोलीले मंगलबार नै एक जनालाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका-८ मजगाउँका ३० वर्षीय अनिल राना पक्राउ परेका हुन्। उनको साथबाट…

Read More

काठमाडौं : सरकारले नेपाल प्रहरीका तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दीपक थापालाई पठाइएको छ । यस्तै उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवालीलाई पठाइएको बताइएको छ । ६० किलो सुन प्रकरण छानबिन गर्न बनेको डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा तत्कालिन सीआईबी प्रमुख बज्राचार्यमाथि कारबाही सिफारिस गरेको थियो । तर उनै बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालयको कमाण्डको जिम्मा दिइएको छ । यस्तै हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीको कार्य विभागमा पदस्थापन गरिएको छ…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालसँग प्रदेशका प्रहरी प्रमुखले भेटघाट गरेका छन्। आज (बुधबार) सुदूरपश्चिमका डिआईजी रविन्द्र केसी र एसएसपी दिल्लीराज बिष्टले पालसँग भेटघाट गरेका हुन्। उनीहरूले भेटमा बधाई दिनुका साथै प्रहरीका भौतिक संरचना निर्माण तथा पुनः निर्माण एवं हालको अवस्थाबारे जानकारी गराएका थिए। त्यस्तै प्रदेशको शान्ति सुरक्षामा चासो राख्दै मन्त्री पालले आवश्यक सहयोग गर्ने जनाएका थिए।

Read More

धनगढी : कैलालीको धनगढीमा खोलामा हाम फालेकी एक महीला मृत अवस्थामा फेला परेकी छिन् । धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान बस्ने ५३ वर्षीय बिन्दु चौधरीले मंगलबार साँझ सुकुटीखोलामा हाम फालेकी थिइन् । उनले हाम फालेको खोलाको छेउमा साइकल भेटिएपछि खोजतलास गर्ने क्रममा बुधबार करीब पाँच सय मिटर तल शव फेला परेको प्रहरीले जनाएको छ । चौधरी मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।

Read More

धनगढी : नेकपा एमाले डोटी अध्यक्षमा अध्यक्ष मञ्जु मलासीलाई जिम्मेवारी दिएको छ । एमालेको अन्तरपार्टी निर्देशन १० मा डोटी जिल्लामा अध्यक्षको जिम्मेवारी मलासीलाई दिएको उल्लेख गरिएको छ । डोटीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो । केन्द्रले मञ्जु मलासीको अध्यक्षतामा जिल्ला सङ्गठन कमिटी तयार गरेको छ । उपाध्यक्षमा शेरबहादुर मल्ल, सचिवमा लक्ष्मण मलासी उपसचिवमा कृष्ण कुमार खड्का र तेजबहादुर डुम्रेलले जिम्मेवारी पाएका छन् ।

Read More

धनगढी : योजना आयोग सुदूरपश्चिमका उपाध्यक्ष र मुख्य न्यायधिवक्ताले राजीनामा दिएका छन्। सरकार परिवर्तनसँगै नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्मा र मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष उनीहरूले मंगलबार राजीनामा दिएका हुन्। पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गत असार ३ मा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्यसमेत रहेका बझाङका विश्वकर्मालाई नीति तथा योजना आयोगको उपाध्यक्ष र डडेलधुराका शाहीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए।

Read More