Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीको रिहाइ गर्ने सरकारको कामलाई सर्वोच्च अदालतले संविधानकै उल्लङ्घन भएको व्याख्या गरेको छ । सर्वोच्चले टीकापुर हत्याकाण्ड प्रकरणमा चौधरीलाई दोषी ठहर गरेर जन्मकैदको फैसला गरे पनि सरकारले आममाफी दिने सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए । रेशम चौधरीबारेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले संविधानको उल्लङ्घन सरकारबाटै भएको जनाएको छ । लोकतान्त्रिक संस्कारको संस्थागत विकास भइनसकेको नेपाली समाजमा राजनीतिक शक्तिको आडमा आपराधिक कार्यलाई समेत राजनीतिक रूप दिने वा अपराधको राजनीतिकरण वा राजनीतिको अपराधीकरण गर्ने जोखिम सधैँ रहिरहेको हुने पूर्णपाठमा उल्लेख छ । फैसलामा रेशम चौधरीको बाँकी कैद सजाय माफी दिने…

Read More

काठमाडौँ: नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टीका अध्यक्ष बाहेक अन्य नेताका तस्बिर प्रयोग नगर्ने, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि तथा वक्तालाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रमको अन्तिमसम्म आसन ग्रहण गराइने परम्परा अन्त्य गर्ने मापदण्ड बनाइएको छ । यस्तै कार्यक्रममा ब्याच, माला र खादाको अनावश्यक…

Read More

धनगढी: भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाई पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः पूर्ववत जिम्मेवारीमा फर्किएका छन् । प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका विष्ट अदालतबाट दोषी ठहर नभएपछि पुनः निमित्त निर्देशकको रुपमा कामकाजमा फर्किएका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र केसीले विष्ट केही दिनअघिदेखि निमित्त निर्देशकको रुपमा काममा खटिएको जानकारी दिए । ‘अदालतबाट सफाई पाएपछि उहाँ (विष्ट) मन्त्रालयमा हाजिर हुनुभएको थियो । मन्त्रालयले उहाँलाई पहिलेकै जिम्मेवारी वन निर्देशनालयको निमित्त निर्देशकका रुपमा कामकाज गर्नेगरी खटाएको छ,’ केसीले भने । झण्डै ७ करोड रुपैयाँ अकुत आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दामा…

Read More

हेटौँडा: मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईंले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेका छन् । प्रहरीका अनुसार बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका उनले त्यहीँ आफ्नो लिङ्ग काटेको देखिएको छ। संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि राति ११:४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए । हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ । प्रहरीले उनी घाइते भए पनि अवस्था मध्यम रहेको जनाएको छ । प्रहरीसँगको बयानका क्रममा उनले ‘मानसिक उत्तेजना’का कारण लिङ्ग काटेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

एजेन्सी: एक महिनाभन्दा लामो समयदेखि हराएको आप्रवासी बोकेको डुङ्गा अफ्रिकाको केप भर्डे टापुको तटमा भेटिएको छ। डुङ्गामा रहेका ६० जनाभन्दा धेरैको ज्यान गएको अनुमान गरिएको छ । बालबालिकासहित ३८ जनालाई उद्धार गरेर सल टापुमा पुर्याइएको छ । समुद्रमा लामो समय रहेको डुङ्गामा रहेको धेरैजसो सेनेगलका नागरिक भएका अनुमान गरिएको बीबीसीले जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले यो डुङ्गा गएको जुलाई १० तारिखमा एक सय एक जना यात्रु बोकेर प्रस्थान गरेको जनाएको छ । त्यसपछि डुङ्गा हराएको थियो । केप भर्डे पश्चिम अफ्रिकाबाट झण्डै ६ सय किलोमिटर टाढा आन्ध्र महासागरमा रहेको टापु हो ।

Read More

काठमाडौँ: सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले रकम असुली गर्ने गरेको पाइएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका निमित्त निर्देशक भट्टले डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट रकम असुली गर्ने गएको पाइएको हो। असुलीको विषयमा बोलेको भट्टको एक भिडिओ नै सार्वजनिक भएपछि सो घुस तथा कमिसनको विषयमा सतहमा आएको हो। अहिले सो भिडिओ भाइरल बनिरहेको छ। सो भिडिओमा भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन्। यस्तै उनले भिडिओमा भनेका छन्, ‘उस्ले कति दियो मलाई २० दियो। कोले अछामले, बाजुराले दिएन।…

Read More

काठमाडौँ: हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने…

Read More

काठमाडौँ: एनसेल आजियाटा लिमिटेडले अहिले सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता शुरु गरेको छ । प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले मुख्य पुरस्कार अर्थात् ‘ग्रान्ड प्राइज’ जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताहरुले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गइ आवश्यक विवरणहरु भरेर खेलको पूर्वानुमान गरेर अङ्कमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन् । ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ जसबाट…

Read More

डडेल्धुरा: डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो। हिजो (बुधबार) साँझ छिमेकी घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्। घाइतेपछि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरि धनगढी लग्दै गर्दा बाटोमा उनको प्राण गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले शवको पोष्टमार्टम भइरहेको छ।

Read More