Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

कैलाली : कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका-२ विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका हुन् ।

Read More

डडेल्धुराः डडेल्धुराको जेसीज वर्ष २०२३ ले आयोजना गरेको जिल्ला स्तरीय खुला भलिबलको उपाधि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हात पारेको छ। शनिबार भएको फाइनल खेलमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई ३-० को सोझो सेटमा हराउँदै अनेरास्ववियुले उपाधि हात पारेको हो। उपाधिसँगै अनेरास्ववियुले नगद ५१ हजार १ सय ११ रूपैयाँसहित ट्रफि हात पार्न सफल भयो भने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले २५ हजार १ सय ११ रूपैयाँमा चित्त बुझायो। यस्तै, आयोजक जेसीज डडेल्धुराले सशस्त्र प्रहरी गुल्म न. ५२ लाई पराजित गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो। आयजक जेसीजले १५ हजार १ सय ११ रूपैयाँ पुरस्कार प्राप्त गर्यो। डडेल्धुरा जेसीजको आयोजनामा कात्तिक…

Read More

धनगढी : भारतको लखीमपुर- खीरी जिल्लाको सम्पूर्णनगरमा हिन्दु- मुस्लिमबीच दङ्गा भएको छ। दङ्गापछि त्यस ठाउँमा कर्फ्यु लगाइएको सुदूरपश्चिमका डीआईजी कुमार न्यौपानेले जानकारी दिए। सम्पूर्णनगर कञ्चनपुरको दक्षिणी सिमावर्ती क्षेत्र हो। हिन्दु र मुस्लिमबीच दङ्गा हुनुको कारण जानकारी नभएको न्यौपानेले बताए। दङ्गापछि सो स्थानमा नेपालीलाई जान रोक लगाइएको उनको भनाइ छ। भिडिओसहित:

Read More

काठमाडौ : रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् । राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

Read More

काठमाडौँ : जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे जानकारी दिएका हुन् । साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाई छ । राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत सामग्रीहरू रहेका छन् । ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताएका छन् ।

Read More

काठमाडौं: भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। गृह मन्त्रालयका अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाई गएराति गएको उक्त भुकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुगेको छ। सामान्य घाइतेहरुको स्थानीय र जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुको हवाइ उद्धार गरी काठमाडौं, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको छ। भूकम्प प्रभावितको उद्धार तथा राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जुटेको छ। प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीले भूकम्पपीडितलाई राहत संकलनको नाममा हुने ठगीबाट बच्न सचेत गराएको छ। विपतको समयमा पीडितलाई राहतको नाममा हुने ठगीबाट बच्न आग्रह गर्दै प्रहरीले सूचना जारी गरेको हो। आर्थिक वा अन्य सहयोग गर्नुअघि सहयोग माग्ने व्यक्ति तथा संघसंस्थाको आधिकारिकता निश्चित गर्न प्रहरीले आग्रह गरेको छ। ‘भूकम्पपीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति, संघसंस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीको सूचनामा भनिएको छ।

Read More

धनगढी: शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि सुदूरपश्चिममा तीन जना घाइते भएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम घोराडी बस्दै आएका तीन जना सामान्य घाइते भएका हुन्। कर्णबहादुर कार्कीको घर भत्किँदा कार्कीसहित उनकी श्रीमती ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। घरको पर्खाल भत्किँदा उनको गोठमा बाँधेका एक गाई, एक भैंसी र बाख्रा घाइते भएको जनाइएको छ। भूकम्पका कारण कार्कीको चारकोठे २ तले कच्ची घरको पर्खाल भत्किएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात नष्ट भएको र कार्कीको परिवारलाई…

Read More