Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : देशभरका अदालतमा घटस्थापनादेखि नै दशैं बिदा सुरु भएको छ। सर्वोच्च अदालतमा दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको हो । अब असोज १२ गते, आइतबारदेखि मात्रै अदालत खुल्नेछ। दशैं बिदाको अवधिमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।

Read More

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सत्तामा फर्किन नपाउँदा कि भनेर विक्षिप्त भएको आरोप लगाएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कोशीको घटनाक्रमलाई जोड्दै एमालेमाथि उनी खनिएका हुन् । प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेकोले त्यसलाई देख्न नसक्नेहरु गठबन्धन भित्र खेल्ने प्रयास स्वरुप कोशीमा राजनीतिक घटनाक्रमहरु विकसित भएको टिप्पणी गरे। प्रधानमन्त्री प्रचण्डले भने,‘कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईंहरुले पनि देख्नुभयो होला। यही गठबन्धनले राम्रो गरेको सहन नसकेर एकथरी मान्छे यहाँभित्र खेल्न सकिन्छ कि भनेर, विभाजन ल्याउन सकिन्छ भन्ने योजना अन्तर्गत ती कामहरु थिए।’ प्रधानमन्त्री प्रचण्डले उक्त षडयन्त्रहरुलाई निस्तेज पारेको पनि उल्लेख गरेका छन्। कांग्रेसका शेखर पक्षका ८ सांसदले…

Read More

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने बताएका छन्। आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले कोशीमा सहमतिको सरकार बन्ने दाबी गरेका हुन्। ‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ,’ उनले भने,‘अब सहमतिको सरकार बन्छ।’ मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र नेकपा एमालेबाट एक-एक जना मन्त्री नियुक्त गरेका छन्। कार्कीले कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्। कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्। आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन्। कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए। प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेको लगेको उनले बताए।

Read More

काठमाडौँ : प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताएका छन्। छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भइरहेको उनको दाबी थियो। आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधान न्यायाधीश श्रेष्ठले सामूहिक प्रतिबद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ सङ्कल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट सङ्केतहरू समेत देखा पर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे। उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरू क्रियाशील रहेको समेत बताए। प्रधान न्यायाधीश श्रेष्ठले भने, ‘नेपालको संविधानले प्रत्याभूति गरेको स्वतन्त्र, निष्पक्ष…

Read More

डोटी : जिल्लाको आदर्श गाउँपालिका-६ गिरीचौका स्वास्थ्य चौकीमा कार्यरत अवस्थामा अस्वस्थ भई मृत्यु भएकी अनमी जानकी बोहरालाई मरणोपरान्त सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयले डोटीबाट उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा बोहरालाई मरणोपरान्त सम्मान प्रदान गरेको हो । स्वर्गीय बोहराले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । स्वास्थ्य चौकी गिरीचौकामा काम गरिरहेकै अवस्थामा स्वास्थ्य समस्या देखिएपछि उनी आदर्श गाउँपालिकाको मौवा स्वास्थ्य चौकीमा आएकी थिइन् । गर्भवती अवस्थाकी बोहराको रक्तस्राव नरोकिएपछि उनलाई थप उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याइएको थियो । अनमी बोहराको उपचारकै क्रममा…

Read More

धनगढी : रुपेश श्रेष्ठ, नेपाली खेल जगतमा चिर परिचित नाम हो। धेरै जसोले रुपेशलाई असफल प्रशिक्षकको  रुपमा  ट्याग लगाउने गरेका छन्। नेपाल पुलिस क्लबको महिला टोलीका प्रमुख प्रशिक्षक हुन्, रूपेश। तिनै असफल प्रशिक्षकको ट्याग पाएका रुपेश नेपाल पुलिस क्लबलाई सफलताको यात्रामा डोर्‍याइरहेका छन्। अहिले उनकै प्रशिक्षणमा नेपाल पुलिस क्लबले नेपालको घरेलु मैदानमा हुने धेरैजसो खेलमा आफ्नो पक्कड जमाउँदै उपाधि हात पार्न सफल भएको छ। त्यति मात्रै होइन अन्य टोलीले समेत पुलिस क्लबको नाम सुन्ने बितिक्कै उपाधि दाबेदार टिम भनेर उपमा दिन थालेका छन्। कुनैबेला तिनै रुपेश खेल जगतकै व्यक्तबाट अपमानित हुनु पर्ने अवस्था थियो। उनलाई खेल क्षेत्रकै असफल प्रशिक्षकको उपनाम…

Read More

काठमाडौँ: दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन्। ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए। उनका अनुसार २९ हजार एक सय ५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन्। यस्तै तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्व फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ। यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आजैदेखि सशस्त्र प्रहरी परिचालित भएका छन्।…

Read More

काठमाडौँः पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन्। शाहको संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाह र कोमल शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टिका लगाइदिने जानकारी दिएको हो। आगामी कार्तिक ७ गते विजयादशमी रहेको छ।

Read More

बागलुङ: नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका…

Read More