Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपालबाट शान्ति सेनामा गएका एकजनाको निधन भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि कङ्गोमा तैनाथ प्युठ भुपजित राईको आज निधन भएको हो । उनी श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तिसौँ डफ्फामा कार्यरत थिए । नेपाली सेनाका अनुसार कङ्गोमा उनी ट्याक्टिकल अपरेटिङ बेस काम गर्थे । उनी त्यहाँ बिरामी भएका थिए । उनलाई थप उपचारका लागि कङ्गोको बुनियास्थित एक अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो । उनको नेपाल ठेगाना खोटाङ हो । उनको शव ल्याउन समन्वय भइरहेको सेनाले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराका विभिन्न स्थानमा भोलि लाईन सटडाउन गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण, डडेल्धुरा वितरण केन्द्रको वुडर सवस्टेशन अन्तर्गत सञ्चालित जोगवुढा फिडर र जोराईल फिडरमा मर्मत गर्नुपर्ने भएकोले भोलि शनिबार विहान ६ बने देखि साँझ ६ बजे सम्म लाईन सटडाउन गरिने भएको हो । जसबाट जिल्लाको वुडर, गैरा, आलिताल, जोगबुढा र जोरायल क्षेत्रका सेवाग्राहीहरुलाई असुविधा पर्न जाने विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

Read More

काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ । शुक्रबार काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित उपन्यास अपराजिताको लोकार्पण गरेकी हुन् । पुस्तक लोकार्पण गर्दै उनले लेखकले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरुको मार्मिक रूपमा चित्रण गरेको बताइन् । उनले उपन्यासका पात्रहरुको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरुको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गरेको उल्लेख गरिन् । त्यस्तै पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई चन्दले सशक्त रुपमा प्रश्तुत गरेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।…

Read More

बैतडी : बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ। मेलौली नगरपालिका-७ का महेश ओझालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ। ओझाले सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई डोटीको बुडरमा जबरजस्तीकरण गरेको आरोप लागेको छ। ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए। प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन्। बिहीबार राति ट्रकमा आफूमाथि…

Read More

डडेल्धुरा : निर्माण व्यवसायी तथा डडेल्धुरा काँग्रेस सभापति भीमबहादुर साउँदले डोटीको जोरायलमा विभिन्न आयोजना अलपत्र छोडेको भन्दै हस्ताक्षर संकलन गरि बुझाइएको छ। संघर्ष समिति जोरायलले शुक्रबार राजेन्द्र निर्माण सेवा कम्पनी धनगढी, कैलालीलाई संकलित हस्ताक्षर बुझाएको हो। जोरायलवासीको संकलित २ हजार दुई सय ८७ हस्ताक्षर आज जोरायल गाउँपालिका मार्फत राजेन्द्र निर्माण सेवालाई पठाइएको संघर्ष समितिका संयोजक नवीन ओझाले जानकारी दिए। संकलित हस्ताक्षरको बोधार्थ जिल्ला प्रशासन कार्यालय सिलगढी, डोटी, पूर्वाधार विकास कार्यालय डडेल्धुरा जोरायल गाउँपालिका डोटीलाई पनि गरिएको छ। राजेन्द्र निर्माण सेवाले ठेक्का स्वीकृत भई सम्झौता भएका ठेकाहरु अलपत्र छोडेको छ भने व्यवसायी तथा काँग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँद सम्पर्कविहीन छन्। रिठादेखी…

Read More

काठमाडौँ : गत भदौ २९ गते तीनकुनेको गैरीगाउँस्थित दिव्य समलिमा चार जनाको हत्या गर्ने फरक क्षमता भएका साइको किलर सञ्जय भण्डारीले सनसनीपूर्ण बयान दिएका छन्। जन्मजात बोल्न नसक्ने सिन्धुपाल्चोकका २३ वर्षीय भण्डारीले आफूलाई ठक्कर दिएर मोटरसाइकल भागेको रिसमा धेरैपछि बदला लिन एक जनाको हत्या गर्न जाँदा अन्यले थाहा पाएर देख्नेजति सबैको हत्या गरेको बयान दिएका छन् । गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलभित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भइ सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी…

Read More

जेरुसलेम : इजरायली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजरायलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो । उक्त आदेशले यस अघिदेखि नै इजरायली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका छन् । इजरायली सेनाले गाजा सिटीका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजा पट्टीतर्फ भाग्न चेतावनी दिँदै बिहान गाजा सिटी खाली गर्ने आदेश दिएको थियो । गाजा सिटीका सुरुङमुनि हमास लडाकुहरू लुकेर बसेको इजरायलको आदेशमा आरोप लगाइएको थियो । “यो निष्कासन…

Read More

बेइजिङ : चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ । टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो । यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो । हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थीर रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । एजेन्सी

Read More

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गत साउन ३० गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीको अन्तिम चरणको पुनर्योगको नतिजा प्रकाशन गरेको हो । कार्यालयले परिवर्तित ग्रेडसिट लिनका लागि अबको १० दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डको सम्बन्धित कार्यालय मार्फत परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । कार्यालयको अनुसार प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा १५ दिनभित्र प्रति विषय दुई हजार तिरेर उत्तरपुस्तिका हेर्न सक्नेछन् । बोर्डले गत २६ वैशाखदेखि ५ जेठसम्म परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा…

Read More

काठमाडौँ : राजदूतले मगाएको औषधी लिएर जाँदा कोरिया प्रहरीको अनुसन्धानको घेरामा परेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सफाई पाएका छन्। सफाई पाएपछि उनी नेपाल फर्किने तयारीमा छन्। गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान गरेको थियो। स्रोतका अनुसार दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ। पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन। इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए। राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि…

Read More