Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा आज (मंगलबार) दिउँसो २ पटक आएको भूकम्पले बझाङमा क्षति पुगाएको छ। जिल्लाको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पले संरचनामा क्षति पुगाएको हो। स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन्। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ। यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो। केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु…

Read More

काठमाडौं: सुदूरपश्चिममा आज(मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो । केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ। आज मंगलबार २ बजेर ४० मिनेट र अहिले भर्खरै ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको तलकोट केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो। सुदूर पहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसूस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ।

Read More

काठमाडौं : सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज(मंगलबार) दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: नेकपा एमालेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको जिल्ला पार्टी कार्यालयसहित धनगढी उपमहानगरपालिकाको पार्टी अफिसमा तालाबन्दी गरिएको छ। धनगढीमा रहेका नेकपा एमाले निकटकै युवा नेताहरुले पार्टी कार्यालयहरुमा ताला लगाएका हुन्। एमाले कैलालीको जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्यसमेत रहेका किशोर शाहले आज (मंगलबार) पार्टी अफिसहरुमा ताला लगाइएको जानकारी दिए। उनका अनुसार युवा नेताहरुको समूहले पार्टीको विधि, विधान एवं पार्टी मूल्य मान्यतालाई लत्याएर प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएकोले तालाबन्दी गरिएको हो। धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेकाे थियाे। प्रतिनिधि चयनमा एकलाैटी र मनाेमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको…

Read More

कैलाली: विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशीसँगै मदन पुरस्कार जिते । कर्णाली क्षेत्रको इतिहास, भूगोल, समाज, भाषा र साहित्यको वर्णन गरी पाँच खण्डमा लेखिएको उक्त पुस्तकले बझाङका सिंहलाई सुदूरपश्चिमबाटै पहिलो पटक मदन पुरस्कार दिलाएको थियो । विसं २०२८ को दशकमा सुदूरले पाउन थालेको मदन पुरस्कार यहाँ लेखनमा सक्रिय भएकाले विसं २०८० को दशकमा पनि सुदूरले उक्त पुरस्कार प्राप्त गरेको छ । विसं २०५४ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको विसर्जन कथा सङ्ग्रहले मदन पुरस्कार प्राप्त ग¥यो । नेपाली साहित्यमा कथा विधामा मदन पुरस्कार पाउने चन्द…

Read More

काठमाडौँ : चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमै पराजित भएको छ। मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो। भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो।  हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको एकसहित सरकारले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो। कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ। जसमा ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरा पनि रहेको छ। उसलाई एकवर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। यी हुन् अन्य १९ कम्पनी:

Read More

बझाङ: बझाङमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्। अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो। तर, उनी २०७५ चैत १२ गतेदेखि फरार थिए। प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो।

Read More

कञ्चनपुरः भारतीय मगन्तेलाई कञ्चनपुरबाट खेदाइएको छ। जिल्लाको भीमदत्त नगरपालिका–२ मा अस्थायी टहरा बनाई बसोबास गरिरहेका १४ जना भारतीय नागरिकहरुलाई सोमवार भारत फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरुले विभिन्न चाडपर्वहरुमा माग्ने बहाना बनाएर चोरी, लुटपाट जस्ता घटनाहरु घटाउनसक्ने भएकोले सम्झाई बुझाई गरि सुरक्षित साथ नेपाल भारतको गड्डचौकी नाकाबाट भारततर्फ पठाइएको प्रहरीले जनाएको छ।

Read More