धनगढीः महाकाली नदीमा २ किशोर बगेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका हुन्। महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाले बताए। उनका अनुसार आज दिउँसो भीमदत्त नगरपालिका–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही स्थानका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन्। बगेकामध्ये सौरभको शव फेला परेको छ। दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्। यस्तै कैलालीको धनगढीमा नदीमा डुबेर…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: भारतको जम्मु कश्मीरमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच भएको झडपमा दुई सैनिकको ज्यान गएको छ। घटनामा अन्य दुई सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नाइट कर्प्सका नायक सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह मारिएको र घाइते सैनिकको उपचार भइरहेको बताइएको छ। भारतीय सेनाका अनुसार चत्रु बेल्टको नैदधाम क्षेत्रमा जैश–ए–मोहम्मदका तीन आंतककारीहरु लुकेर बसेको सूचनापछि खोज अभियान थाल्ने क्रममा मुठभेड भएको हो । जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणअन्तर्गत आगामी बुधबार मतदान हुँदैछ। डोडामा आयोजित जनसभालाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुअघि भिडन्त भएको हो।
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन्। मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए। मुख्यमन्त्री शाहले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ। यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ। किनभने सदनको हामीले सम्मान गर्नु पर्दछ ।’ प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने विश्वास व्यक्त…
धनगढी: धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ। शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीन मध्ये दुई वटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए। उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पूरानो भवन समेत जोखिममा रहेको छ। बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ।
धनगढी: डडेल्धुरामा खोलामा बगेर एक छात्राको मृत्यु भएको छ। शुक्रबार विहान जिल्लाको पर्शुराम नगरपालिका–८ धनुचेकी करिब १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हो। श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै उता डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको केआईसिंह गाउँपालिका–४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन्। गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यस्तै डोटीमा पहिरोले च्यापिएर श्रीमान–श्रीमती घाइते भएका छन्। जिल्लाको बड्डीकेदार गाउँपालिका–४…
काठमाडौं: भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्। क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन्। नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा चयन गरिएको थियो। सुदूरपश्चिमकी भट्टले ५६ प्रतिशत मत पाइन्। कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे। कविता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाकि हुन्।
कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत ५८ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जोशीलाई आज विद्यालयमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का बासिन्दा हुन्। उनले ईन्टरनेटको तार काट्ने क्रममा करेन्ट लागेको थियो।
धनगढी: कैलालीमा लागुऔषध (खैरो हेरोइन) सहित पाँचजना पक्राउ पक्राउ परेका छन्। बिहीबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बर्दगोरिया गाउँपालिका–२, बौनियागाउँ निवासी ४० वर्षीय रामबहादुर चौधरीको घरमा खानतलासी गर्दा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४० वर्षीय रामबहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २६ वर्षीय रतिराम चौधरी, २४ वर्षीय ज्ञानेन्द्र बिक, र ३० वर्षीय जनक बडुवाल रहेका छन्। उनीहरुको साथबाट ४ ग्राम २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, चारवटा मोबाइल, सादा मोबाइल, डिजिटल तराजु, कैची र नगद ७ हजार ५५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरूलाई इलाका…
धनगढी: निरन्तरको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित डडेलधुराका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन्। तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्। डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ। गए रातिदेखि…
काठमाडौं: नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) सहित ३२० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ। सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ।