Author: महेन्द्रनगर पोष्ट

झापा: सुनसरी धरानमा कार्यरत प्रहरी उपरीक्षक(एसपी)ले चलाएको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–६ निवासी १८ वर्षीय अनिल मर्डी रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शुक्रबार राती ७ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकै पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ७८३९ नम्बरको स्कारपियो र बिपरित दिशाबाट आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल ठोक्किंदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका मर्डीलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो। मोटरसाइकलमा ३ जना सवार थिए। दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–६ निवासी १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८…

Read More

काठमाडौं : नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डीआरइई–२०२३) सम्पन्न भएको छ। यही कात्तिक २० गतेदेखि सञ्चालित सो तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ। तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलगायत बेलायत, क्यानडा, भारत, श्रीलङ्का, मालदिभ्स, मङ्गोलिया, कम्बोडियाका प्रतिनिधिको सहभागिता थियो। पाँच दिन चलेको तालिममा काठमाडौं र चितवनमा शैक्षिक छलफल, टेबल कार्य तथा विभिन्न अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ। तालिमको समापन गर्दै बलाध्यक्ष रथी सीताराम…

Read More

बैतडी: बैतडीका एक सय बढी ग्राहकको विद्युत लाइन काटिएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको यही कार्तिक १३ गतेदेखि लाइन काट्न सुरु गरेको हो। समयमा महसुल नबुझाउने विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। अहिले सम्म १ सय २ ग्राहकको लाइन काटिएको उनले बताए। जसमध्ये ११ ओटा सरकारी कार्यालय र ९१ ओटा व्यक्तिगत ग्राहक छन्। विद्युत महसुल नबुझाएको ४ महिनाभन्दा माथि भइसकेका ग्राहकहरुको लाइन काटिएको हो। उनीहरुबाट १६ लाख २८ हजार विद्युत महसुल असुल गर्नुपर्ने बाँकी रहेको कार्यालय प्रमुख पौडेलले बताए । विद्युत लाइन…

Read More

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–५ गेटीका २८ वर्षीय नबिन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। शुक्रबार साँझ इलाका प्रहरी कार्यालय मालाखेती र गेटा चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले चौधरीको घरबाट लागूऔषध बरामद गरी पक्राउ गरेको जनाइएको छ। चौधरीको घरमा खानतलासी गर्दा ४ ग्राम २७० मिलिग्राम लागुऔषध र डिजिटल तराजु बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Read More

जाजरकोट : गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्द् भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि विज्ञहरूले स्थलगत निरीक्षण गरिरहेका छन्। भूकम्प अध्ययनका लागि नास्ट र भूकम्प अनुसन्धान केन्द्रले रुकुम र जाजरकोटको दुई–दुई ठाउँमा भूकम्प मापन प्रविधि संयन्त्र जडान गरेको छ। नास्टले बारेकोट रामीडाँडा केन्द्रबिन्दु सीमा जोडिएको कुशे गाउँपालिका, रुकुम पश्चिमको खलंगा र गोतमकोट र भूकम्प मापन केन्द्रले बारेकोटमा २ भूकम्प मापन यन्त्र जडान गरिएको नास्ट र भूकम्प अनुसन्धान केन्द्रले जनाएका छन्। यो क्षेत्रमा परकम्पन अझै पनि गइरहेको जाजरकोट र रुकुम पश्चिमको स्थलगत अध्ययन गरेका भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीले बताए। उनले यो क्षेत्रमा अझै जोखिम भएको बताए। जाजरकोटको रामीडाँडालाई केन्द्र…

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्नका लागि बजेट विनियोजन भएको छ। सहरी विकास तथा भवन निर्माण विभागले जिल्लाको अमरगढी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न तीन करोड बजेट छुट्याएको हो । तर, फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्ती गर्न नसक्दा समस्या भएको छ। फोहोर व्यवस्थापनकै विषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय बैठक बसेको छ। बैठमा अमरगढी नगरपालिका वडा नम्बर ६ को भजनेउटा नजिक गुणाकर भाटको जमिन खरिदको प्रक्रिया अगाडि बढेको नगर प्रमुख डिल्लीराज जोशीले जानकारी दिए। उक्त जग्गाको मूल्य सरकारी दररेटभन्दा बढी गरिएकाले खरिद प्रक्रियामा ढिलाई भएको उनको भनाई छ । वडा नम्बर १ मालम गाउँवासीले गत साउन…

Read More

काठमाडौँ : हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही  बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। साथै लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा  आंशिक देखि सामान्य रहनेछ। सुदूरपश्चिम  र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति…

Read More

काठमाडौं: आजदेखि यमपञ्चक अर्थात् तिहार सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र…

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबिच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत र नेपाल सशस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.रुपक महर्जनले भविष्यमा न्याम्सले सशस्त्र प्रहरी अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम बिस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । यो समझदारी पछि न्याम्सले निकट भविष्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम सशस्त्र अस्पतालमा पनि बिस्तार गर्ने छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्च स्तरको दक्ष जनशक्ति…

Read More

काठमाडौं : नेपाल प्रहरीको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ५ प्रहरी उपरीक्षक (एसपी) लाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपी बढुवाका लागि सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

Read More