Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका २ सय ९० प्रतिवादीविरुद्ध संगठित अपराधमा मुद्दा नचल्ने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले आइतबार प्रकरणमा मुछिएकाहरुविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले संगठित अपराधमा मुद्दा चलाउने पर्याप्त प्रमाण फेला नपरेको बताए । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ। सरकारी वकिलको कार्यालयले दुई आधार मानेर संगठित अपराधमा मुद्दा नचलाउने निष्कर्षमा पुगेको जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।  कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग आइतबार बिहान कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् । सुुन तस्करी प्रकरणमा माओवादीकै कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् । यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई निर्देशन दिएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताए ।

Read More

धनगढी: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाई हुँदैछ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दा पेशी चढेको छ।  अन्तिम चरणमा रहेको मुद्दा यसअघि पटक–पटक स्थगित हुँदै आएको छ। आज पण्डितको इजलास नम्बर १५ मा मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ।  यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी र उनको आमाको समेत उमेर विवाद देखिएको कागजात झिकाउन आदेश थिएको थियो । उमेर नपुगेकी किशोरी बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । कात्तिक १८ मा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले जिल्लाको आदेश…

Read More

धनगढीः बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदमसिंह धामीको दिल्लीमा मृत्यु भएको हो। उनी रोजगारीको शिलशिलामा भारतको दिल्लीमा बस्थे। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्। सुतिरहेको बेला सर्पले टोकेपछि उनको ज्यान भएको आफन्तले बताएका छन्। मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन्। रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ।

Read More

धनगढीः सुदूरपश्चिमसरकारको विपत् प्रतिकार्य योजना लागु भएको छ। विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरेर प्रदेश सरकारले लागु गरेको हो। योजनामा मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ। यस वर्ष केही ढिलो गरी कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ। कार्ययोजनाले बाढीपहिरो र अन्य पानीजन्य प्रकोपको सम्भावित क्षति आकलन गर्न तथा आपत्कालीन अवस्थामा कुन कुन निकायलाई कसरी परिचालित गर्ने भन्ने विषयमा सहजीकरण हुने मन्त्रालयले बताएको छ।  …

Read More

धनगढी: नेकपा एमालेको जनवर्गीय सङ्गठन राष्ट्रिय जन सांस्कृतिक महासंघ सुदूरपश्चिमको अध्यक्षमा गायक तथा सर्जक विनोद बाजुरेली निर्वाचित भएका छन्। धनगढीमा हिजो सम्पन्न प्रथम प्रदेश अधिवेशन मार्फत बाजुरेलीको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो। जसको उपाध्यक्षमा अमर छन्तेल र लक्ष्मी नाथ चयन भएका छन्। सचिवमा दीर्घराज फुलरा, सह सचिवमा नवीन बम र कोषाध्यक्ष रोजी धानुक सर्वसम्मत भएका हुन्। प्रदेश अध्यक्ष बाजुरेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेम थान अधिकारी प्रमुख अतिथि रहेका थिए। एमाले प्रदेश सचिवालय सदस्य तथा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, पार्टी कार्यवाहक दुर्गा जोशी निर्वाचन विभाग सदस्य रणबहादुर चन्द विशिष्ट…

Read More

धनगढी: धनगढीमा फेसबुकबाट युवतीलाई मायाजालमा पारेर बेचबिखन गर्न खोज्ने एक युवक अस्ति समातिए। युवतीलाई बेचविखन गर्ने उद्देश्यले भारत लगिरहेको अवस्थामा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का पदमबहादुर देउवा समातिएका थिए। तर पक्राउ परेका देउवा केही समयमै धरौटीमा छुटेका छन्। गत जेठमा धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने एक युवतीलाई मायामा पारेर गौरीफन्टा नाका हुँदै भारत लगिरहेको अवस्थामा उनी समातिएका थिए। समातिएपछि उनीविरुद्ध मानव बेचबिखनको मुद्दा चल्यो तर उनी जिल्ला अदालतको आदेशपछि ५० हजार धरौटी बुझाएर छुटे। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालकाअनुसार देउवाविरुद्ध ९ जेठमा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएको थियो भने जिल्ला अदालतले ३१ जेठमा ५० हजार धरौटीमा छाड्ने आदेश…

Read More

धनगढीः निजि स्कुलहरुको साझा संस्था एन।प्याबसन घोडाघोडीको दोश्रो नगर अधिबेशनबाट नयाँ नगर कमिटी चयन भएको छ। न्यु स्टार बोर्डिङ स्कुल सुखडका सञ्चालक परशुराम भण्डारीको अध्यक्षतामा सात सदस्यीय नयाँ नगर कमिटी चयन गरिएको हो । यस्तै सचिवमा निर्मल न्युरे कोषाध्यक्षमा सीता चौधरी सदस्यमा छिरिङ शेर्पा, घुम्मन कठरिया, धर्मेन्द्र हमाल र देवराज चौधरी चयन भएका छन्। घोडाघोडी नगरपालिका भरिका सम्पुर्ण निजि स्कुलहरुका अध्यक्ष के पि भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका शिक्षा अधिकृत उमेशराज रेग्मी बिशिस्ठ अतिथि रहेका थिए। निजि स्कुलहरुका साझा सम्स्या समाधानका लागि आफु सदबै लागिपर्ने अध्यक्ष परशुराम भण्डारीले बताए।

Read More

सिन्धुपाल्चोक : जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्यमार्ग पहिराको कारण अवरुद्ध भए पनि वैकल्पिक माध्यमबाट त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ । यस वर्षको जनैपूर्णिमा भदौ १४ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँच वटा पोखरी छन् ।…

Read More

धनगढी: धनगढीमा अटो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ। आज (शनिबार) बेलुका धनगढी उपमहानगरपालिका-५ स्थित रंगशाला नजिकैको बाल्मिकी स्कुलको अगाडि दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन्।शिवनगरबाट राष्ट्र बैंकतर्फ आउदै गरेको चालक ४२ वर्षीय मुकेश चौधरीले चलाएको से १ ह ४७५ नम्बरको अटो र विपरीत दिशातर्फ जादै गरेको गोदावरी नगरपालिका ५ गेटा बस्ने ३८ वर्षीय हर्क बोहराले चलाएको सु.प.प्र. ०१-००८ प १५७९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा परेर मोटरसाइकल चालकको खुट्टा र हातमा चोट लागेको छ भने पछाडी सवार फुलमाया चौधरीको टाउको, हात र खुट्टामा चोट छ। अटोमा २ जना सवार…

Read More